नालीफुङवा मुजोत्लुङ् पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ्

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ राई निर्वाचित भएका छन् । सोमबार इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

पाँचौ पान्जुम्भो महासम्मेलनबाट उपाध्यक्षमा क्रमशः योगेश लाओती, शंकर केरुङ र कल्पना जवेगु चयन भएका छन् । यस्तै सचिवमा आयुस बिक्रम तुम्वापो, सह–सचिवमा लोकेन्द्र कार्की ढोली, कोषाध्यक्षमा खगिन याक्खा र सह–कोषाध्यक्षमा जया याङखिला सर्वसम्मत चयन भएका छन् ।

 

 

यसैगरी पान्जुम्भोको सदस्यहरुमा केशर सेर्मा, कालुहाङ मिभक(भीम), बुद्धहाङ लिङखिम, टिकाराम खजुम, सिकुमहाङ वनेम फागो, सेसेहाङ नेम्बाङ, सुकबहादुर योङहाङ, विचारी लाओती, विकेश आङला, चन्द्रमाया केरुङ, विवश मादेन लिम्बू, तान्छोमी इजम, सविन साम्पाङ राई, आरती योङहाङ, अस्मिता लाओती र दिवश तिगेला लिम्बू सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित खालिङले संस्थालाई चुस्तदुरुस्त राख्दै युवाहरुमाझ किरात धर्म प्रति सचेतनामूलक कार्यक्रमहरु गर्दै आकर्षित लैजाने प्रतिबद्धता आफ्नो मन्तव्यमा राखेका छन् ।

सोमबार साँझ सकिएको बन्दसत्र कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, केन्द्रिय महासचिव काकीराम लाओती, केन्द्रिय सह–सचिव समिता थेवे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, पान्जुम्भोका निवर्तमान अध्यक्ष दिपक तिगेला लिम्बू लगायतले नालीफुङवा पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सह–सचिव आङबुहाङ अवोध अविरल र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सह–सचिव समिता थेवे सदस्य रहेको समितिले नव कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

(तस्वीरः माङसेबुङन्यूज, इलाम)

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...