मिस टिन २०२१का विजेता बनिन् साम्राज्ञी शर्मा

,   लिम्बुवान न्युज
                       

विर्तामोड। मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् ।

ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिन टिन विजेता शर्माले नगद ५० हजार हात पारेकी म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए ।

उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद् २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरु समेतले छात्रबृद्धि पाउने पुडासैनीले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;