मिस टिन २०२१का विजेता बनिन् साम्राज्ञी शर्मा

 लिम्बुवान न्युज
                       

विर्तामोड। मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् ।

ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिन टिन विजेता शर्माले नगद ५० हजार हात पारेकी म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए ।

उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद् २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरु समेतले छात्रबृद्धि पाउने पुडासैनीले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;