लिम्बुवान मञ्च उर्लाबारी अध्यक्षमा चन्द्र पालुङवा

 लिम्बुवान न्युज
                       

उर्लाबारी। संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारीको चौथो नगरअधिवेशनले चन्द्र पालुङवाको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । मंगलबार उर्लाबारीको गुम्बामा भएको चौथो नगर अधिवेशनले नयाँ अध्यक्ष निर्वाचित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले वर्तमान अवस्थामा संघीयता कमजोर पार्ने षडयन्त्र भईरहेको हुँदा त्यसको रक्षाको निम्ति पहिचान र संघीयता सहितको १०+१ प्रान्त निर्माणको निमित्त मञ्च अग्रसर भएको हुँदा मञ्चमा आबद्ध हुन गाउँगाउँमा आव्हान गरेका छन् ।

अधिवेशनमा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, सचिवालय सदस्य रामचन्द्र थापा मगर, केन्द्रीय सदस्यहरु राज खिम्दिङ, धन प्रसाद सावाँ, जिल्ला अध्यक्ष दिलु लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष पालुङ्वाको नेतृत्वमा गठित मञ्चको नगर समितिमा बरिष्ठ उपाध्यक्ष राम कुमार निङ्लेखु, उपाध्यक्षहरु छत्र जवेगु, बिजु अग्रवाल र उषा लिम्बु रहेका छन् । त्यसैगरी सचिवमा अन्जु लिङ्देन, सह–सचिव होम पङ्गेन्हाङ, अर्थसचिव नेत्र पालुङवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा पदम कुमार सम्बाहाम्फे, बुद्धि बहादुर काम्बाङ, सेमीका सुब्बा, नायारण चेम्जोङ्, बम बहादुर गुरुङ, भूमिका लिम्बु, वीर बहादुर सेम्भू, टेक बहादुर यक्सो, चन्द्रबहादुर दर्जी, भिम बहादुर विक, धनराज कुरुम्भङ, अमर बहादुर मगर, चन्द्र पङयाङगु, निता लावती र मनकुमारी लावती रहेका छन् ।

कार्यक्रमको सभाध्यक्ष नगर अध्यक्ष बरुण लाबुङले गरेका थिए भने कार्यक्रम संचालन सचिव अन्जु लिङ्लेनले गरेकि थिइन् ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...