चुलाचुली मिडियाकाे नयाँ कार्यक्रम ‘चुलाचुली संवाद’ शुरू

 लिम्बुवान न्युज
                       

चुलाचुली,२ बैशाख । इलामको चुलाचुली- ४ आइतवारेमा स्थापना भएको चुलाचुली मिडिया हाउसले थप अर्को कार्यक्रम “चुलाचुली संवाद” शुरु गरेको छ ।

बैशाख १ गते गतेदेखि सो कार्यक्रम औपचारिक रुपमा सञ्चालनमा ल्याईएको चुलाचुली मिडिया प्रालिका संचालक चेतन आङथुपोले वताए । सो मिडिया हाउसले यसअघि बेव श्रृंखला “सेवारो बाजे” र कला, साहित्य “समय र सिर्जना” कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

५२ एपिसोड रहने सो कार्यक्रमको भुमि व्यवस्थापन समस्या आयोग इलामका अध्यक्ष ओम नारायण खनालले उद्घाटन गरे । खनालले प्रोजेक्टर मार्फत स्वीच अन गरेर कार्यक्रमको इन्ट्रो भिडियोलाई पर्दामा देखाएर उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै खनालले भने,‘यस्ता खालका कार्यक्रमहरु आवश्यकता भएतापनि हालसम्म सुचारु हुन नसकेको र चुलाचुली संवादले अब पूरा गर्नेमा आँफुहरु विश्वस्त रहेको औल्याए ।

कार्यक्रममा राजनीतिकर्मी राजेन्द्र केरुङ, शिक्षाविद गगन लावती, चुलाचुली गाउँपालिका सामाजिक विकासका संयोजक रामप्रसाद राई, शिक्षक लोकनाथ पौड्याल लगायतको उपस्थिति रहेको थियो । बैशाखको दोस्रो साताबाट हरेक शनिबार साँझ ७ बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट प्रशारण हुने भएको छ ।

सेवारो बाजे श्रृंखलाको व्यवस्थापक चन्द्र दंगालले स्वागत मन्तव्य सुरु गरे संगै सुरु भएको कार्यक्रम सन्तोस गिरीले संचालन गरेका थिए । मानव कम्प्यूटर ट्रेनिङ सेन्टरको प्रायोजन रहेको सो कार्यक्रमको अध्यक्षता प्रकाश सुहाङले गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...