अम्याङ्साको तीन कृति एकै मञ्चमा विमोचन

 लिम्बुवान न्युज
                       

दमक। दमक पूर्वको साहित्यमा सबैभन्दा उद्म स्थलको रुपमा पछिल्लो समय विकास भईरहेको पछिल्लो साहित्य कृयाकलापहरुले बताइरहेको छ । सर्जकहरुको बाकुलै उपस्थिति रहेका यहाँका चिनीएका अनुहारहरुलाई राष्ट्रिय साहित्यमा पनि देख्न सकिन्छ ।

दमकमा मंगलबार एउटै मञ्चमा तीन कृतिहरु विमोचित भएका छन् । पछिल्लो युवा पुस्ताका साहित्यकार मुसाहाङ् अम्याङ्साको साहित्यिक कृति गजल, रुबाइ र हाइकु संग्रह एउटै मञ्चमा विमोचन भएको हो ।

दमक स्थित एस.जी. होटलको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले विरासतको जोखना (गजल संग्रह २०७७), रेष्टुराँको सटरभित्र (रुबाइ संग्रह २०७७) र रैथाने (हाइकु संग्रह २०७७) एकै पटक विमोचन गरेका हुन् ।

सो कृतिहरुमाथि बोल्दै गजलकार विवश वलिभद्र कोइरालाले विरासतको जोखना गजल संग्रह, फरक आयाम अभिन्यता साङ्सेन पन्धाकले रुबाई सग्रह र दमक प्रज्ञा प्रतिष्ठान सचिव विष्णु न्यौपानेले रैथाने हाइकु संग्रह माथि समिक्षा/टिप्पणी गरेका थिए ।

वि. सं. २०६२/०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । विगतमा लिम्बू÷नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल जस्ता विभिन्न विधामा फुटकर सिर्जनाहरु पत्रपत्रिकामा प्रकाशित गर्दै आएका थिए ।
कवि अम्याङ्साको प्रकाशित अन्य कृतिहरुः संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज (२०७४) र मुक्तु (हाइकु संग्रह २०७७) प्रकाशित भएका छन् ।

कार्यक्रममा साहित्यकार राजकुमार सुब्बा अनिश्चित, बिराट किराती, सुमित्रा वाङ्देल चेली, पुष्पहाङ् लोरिङ्देन लोवा, सपना कन्दङ्वा, इछिङ्सा सङ्बाङ्फे, रंगकर्मी वनेम विक्रम फागो, पत्रकार सङ्सेमी माङ्युङ्, भवानी आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी से–नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठान कोषाध्यक्ष रचना लाओतीले संचालन गरेकी थिइन् । भाषिक आन्दोलनका स्रष्टा नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक पनि हुन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;