सिधुवाका किसानको असिनापानीले करोडौको तरकारी बालीे नष्ट

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। धनकुटाको सिधुवा र आसपासको क्षेत्रमा अविरल वर्षासंगै परेको असिना पानीले स्थानिय किसानले लगाएको करोडौंको तरकारी बाली नष्ट गरेको छ । बिहिबार अपरान्ह आएको असिनापानीले गर्दा १५ करोड भन्दा बढी क्षति भएको स्थानियले बताएका छन् ।

करिव एक घण्टा परेको असिना पानीले छथरजोरपाटी गाउँपालिकाको वडा नं.६, २ र ५, महालक्ष्मी नगरपालिकाको वडा नं.८, ९ र १, र तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको वडा नं. १ मा बिक्रि गर्न तयारी अवस्थामा रहेको साग, केराउ, बन्द कोपी, फूलकोपी, टमाटर, धनियाँ र सवै भन्दाबढी आलु असिनाले नष्ट गरी दिदा करोडौंको क्षति भएको हो ।

स्थानिय व्यवसायी मेघेन्द्र गुरुङ्गका अनुसार बिहिबार ४.३० वजे ५.३० बजेसम्म एक घण्टा परेको अविरल वर्षासंगैको असिनाले छथरजोरपाटी गाउँपालिकाको वडा नं. ६, २ र ५ मा लगाइएको उन्नत जातको आरकेल मोटर, (केराउ), मार्फा चौडा रायोको साग, काट्न हुन लागेको माधुरी फूलकोपी र सवै भन्दा बढी आलु पुर्ण रुपमा नष्ट भएको छ ।

मार्फा चौडा रायोको साग अधिकांश किसानले ४० प्रतिसत विक्री गर्न बाँकी रहेको थियो । त्यसैगरी महालक्ष्मी नगरपालिकाको वडा नं.८,९ र १ मा पर्ने मुर्तिढुङ्गा, आहालेको माथिल्लो भाग र नुन्थला, सिधुवा बजारको आसपासको क्षेत्र मझुवा, वेसी साईड, खरबारी र तेह्रथुमको छथर गाउँपालिकाको वडा नं.१ मा पर्ने आङ्गदिम, डङ्गडङ्गे क्षेत्रमा स्थानिय किसानले लगाएको करोडौं तरकारी बाली नष्ट भएको गुरुङ्गले बताएका छन् ।

किसानले हजारौं रोपनी जग्गामा लगाएको विक्रिको लागी तयारी अवस्थामा रहेको कृषि उपजका वस्तुहरु विक्रि गर्दा तत्काल पाउने तरकारीको कुल १५ करोड भन्दा बढी हुने दावी गरेका छन् ।

सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले छथरजोरपाटी गाउँपालिका अन्तर्गत वडा नं.५ परेवादिन स्थित् तिलक ओझा, कृष्ण प्रसाद ओझा, इन्द्र लिम्वुको लगायत अन्यको सयौ रोपनी जग्गामा लगाइएको तरकारी बाली असिनाले एकैछाक पारेको बताए ।

अचानक परेको असिना पानीले गर्दा सयौं किसानको तरकारी बाली बेचेर ५० औं लाख नगद कमाउने सपना एक घण्टा परेको असिना पानीले खरानी बनाई दिएको अध्यक्ष श्रेष्ठले ब्लाष्टलाई जानकारी दिएका छन् ।

आदिवासी जनजाति महासंघ छथरजोरपाटीका अध्यक्ष दिपक गुरुङ्गले ब्लाष्टसंग भने–‘आफ्नो ३० रोपनी जग्गामा लगाइएको आलु, साग, मटरकोसा, वन्दकोपी, फूलकोपी असिनाले चुटेपछी ३ देखी ४ लाख वरावरको क्षति भएको छ ।’

हालै निर्माण कार्य सम्पन्न भएको अनुदान सहयोगमा प्राप्त तरकारी बालीहरुको नर्सरी उत्पादन गर्न साडे ५ लाख भन्दा बढीमा तयार गरिएको हाईटेक नर्सरीको टनेल असिना वर्षीदा पुर्ण रुपमा क्षति भएको गुरुङ्गले बताए ।

त्यसैगरी तरकारी जोन संचालक समिति सिधुवा धनकुटाका अध्यक्ष मेघवहादुर खड्काको आफ्नो बारीमा प्रयोगमा आईरहेको ११ वटा प्लाष्टिकका आधुनिक प्रविधिका हाईटेक नर्सरीका टनेल असिना पानीले नष्ट गरेको छ ।

आधा केजी भन्दा ठूला असिना पर्दा प्रयोगमा आईरहेको प्लाष्टिकका सम्पुर्ण टनेल दुलो परेर विग्रिएको र टनेल भित्रको तरकारी पनि नष्ट हुँदा लाखौं रुपयाँ क्षति भएको अध्यक्ष खड्काले ब्लाष्टलाई बताए ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा वजार नजिकै रहेको नविन श्रेष्ठको पनि करिव १५ रोपनी जग्गामा लगाइएको आलु, मटर कोसा, साग लगायतको तरकारी बाली नष्ट हुँदा लाखौंको क्षति भएको अध्यक्ष खड्काले बताएका छन् ।

श्रेष्ठ जस्तै हजारौं किसानले आफ्नो बारीमा लगाएको तरकारी बाली असिनाले नष्ट गरी दिदा करोडौं रुपयाँको क्षति भएको जोन संचालक समितिका अध्यक्ष खड्काले ब्लाष्टलाई बताएका छन् । (ब्लाष्ट खबरबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...