कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

,   लिम्बुवान न्युज
                       

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ।

असार ४ गते चुम्लुङको संघीय कार्यालय ललितपुरमा आयोजित विशेष कार्यक्रममा साम्बा, येबा, येमा, फेदाङमा, युमा, येत्छामलगायत पेलिफाङ्साम्हरूलाई एउटै छातामुनि जोड्ने उद्देश्यले “कियाचु-पेलिफाङ्साम् सङ्जुम्भो तदर्थ समिति” घोषणा गरिएको हो।

नवनिर्मित तदर्थ समितिको संयोजकमा संखुवासभाका साम्बा नविन थक्लुङ, सह-संयोजकमा ताप्लेजुङकी युमा कल्पना माबोहाङ, सदस्य-सचिवमा तेह्रथुमका या-साम्बा मानबहादुर पाहिम र कोषाध्यक्षमा धनकुटाकी युमा आस्था चेम्जोङ रहेका छन्। त्यस्तै सदस्यहरूमा तेह्रथुमका युमा-साम्बा रनबहादुर कुरुम्बाङ र पाँचथरका येबा गणेश आङ्देम्बे चयन भएका छन् भने ताप्लेजुङका साम्बा आइतबहादुर सेरेङ चोङबाङलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

पेलिफाङ्साम् अक्षयकोष र स्वास्थ्य सुरक्षाको पहल

कियाचुका अनुसार पेलिफाङ्साम्हरू संस्कार सम्पन्न गराउने व्यक्ति मात्र नभई याक्थुङ सभ्यताका जीवित ज्ञान-भण्डार हुन्। उनीहरूको ज्ञान, श्रम र जीवनभरको सामुदायिक सेवाको कदर गर्दै बिरामी पर्दा सहयोग पुर्‍याउन र आकस्मिक उपचारका लागि पेलिफाङ्साम् अक्षयकोष स्थापना गरिने भएको छ।

साथै, स्थानीय, वडा र पालिका सरकारसँग कम्तीमा वर्षमा एकपटक पेलिफाङ्साम्हरूको परम्परागत तथा अनुष्ठानिक पोसाक, आवश्यक सामग्री र सम्मानजनक सेवा-सुविधाका लागि बजेट विनियोजन गर्न माग गर्ने निर्णय गरिएको छ।

मुन्धुमको अभिलेखीकरण र विश्वव्यापी विस्तार

मौखिक रूपमा रहेको मुन्धुमी ज्ञानलाई लिखित र डिजिटल रूपमा अभिलेखीकरण गर्ने, अनुसन्धान तथा प्रशिक्षणमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान सञ्चालन गरिने बताइएको छ।

आगामी केही महिनाभित्र नेपालका विभिन्न भूगोलका साथै विश्वभरि रहेका याक्थुङ पेलिफाङ्साम्हरूलाई जोडेर यस संगठनलाई विश्वव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यो समिति कियाचुको एक विषयगत समितिका रूपमा सक्रिय रहनेछ।

कार्यक्रममा कियाचुका संघीय सदस्य तथा लिम्बू सांस्कृतिक परिषद्का संघीय अध्यक्ष सागर केरुङले पेलिफाङ्साम् बचाउनु भनेको मुन्धुम र आफ्ना पुर्खाको अस्तित्व बचाउनु रहेको बताउँदै यस ऐतिहासिक अभियानमा पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;