तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

,   लिम्बुवान न्युज
                       

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा आएका हुन्।

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक अन्तर्गत सबैभन्दा समस्याग्रस्त मानिएको माङसेबुङ वडा नं. ३ भञ्ज्याङदेखि वडा नं. ६ माङमालुङ (रक्से) बजारसम्मको खण्ड मर्मत गरिएको हो।

नागरिकको आवतजावतलाई सहज बनाउन इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त लगानी गरेका हुन्। चालु आर्थिक वर्ष २०८३/०८४ मा कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए। जसमा माङसेबुङको १५ लाख, फाकफोकथुमको सात लाख र मिक्लाजुङको आठ लाख रुपैयाँ साझेदारी रहेको छ।

“विगतका वर्षहरूमा माङसेबुङ गाउँपालिकाले एकल लगानीमा सडक मर्मतसम्भार गर्दै आएको थियो,” अध्यक्ष राईले भने, “यस वर्ष तीन पालिकाको साझेदारीमा काम गर्दा आर्थिक व्ययभार कम परेको छ र काम पनि प्रभावकारी भएको छ।”

फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालका अनुसार झापाको दमक क्षेत्रबाट पालिका पुग्ने मुख्य सडक नै दमक–चिसोपानी भएकाले मर्मतमा साझेदारी गरिएको हो। यस्तै, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले क्षतिग्रस्त सडक समयमै मर्मत गरी नियमित रूपमा सञ्चालनयोग्य बनाइएको बताए।

सडक मर्मत भएसँगै झापाको दमकबाट इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिकाका साथै पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाका बासिन्दालाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा ठूलो राहत मिलेको छ।

३४ वर्षमा साढे ५ किलोमिटर मात्रै कालोपत्रे

वि.सं. २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक ३४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा बन्न सकेको छैन। झापा, इलाम र पाँचथरलाई जोड्ने यो महत्त्वपूर्ण ३३ किलोमिटर सडकको ट्रयाक खुला भए पनि कालोपत्रेको काम भने निकै सुस्त छ।

झापाको दमकस्थित जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्मको ६.२९ किलोमिटर सडक कालोपत्रेका लागि आठ वर्षअघि सम्झौता भएको थियो। तर, हालसम्म ५.२९ किलोमिटर मात्र कालोपत्रे भएको छ भने १ किलोमिटर अझै अधुरै छ।

उक्त खण्ड कालोपत्रे गर्न २०७५ साल साउन २९ गते ३० महिनाभित्र काम सक्ने गरी ‘महालक्ष्मी–किरातेश्वर जेभी’ले २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर चौथो पटक थपिएको म्याद (२०८० असार मसान्त) सकिँदा पनि काम पूर्ण हुन सकेको छैन। सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक जरिवाना तिरेर काम गरिरहेको छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;