लेखक तथा समालाेचक संग्रौला पहिचान पुरस्कारद्वारा सम्मानित हुँदै

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। प्रखर लेखक एवम् समलोचक खगेन्द्र संग्रौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । संग्रौलालाई बैशाख ४ गते एक समारोहबीच नगद चार लाख दुई हजार दुई रूपैयाँ नगद राशीको पहिचान पुरस्कार प्रदान गरिने छ ।

पहिचान पुरस्कार कोषले दिएको जानकारी अनुसार लेखक संग्रौलालाई सो पुरस्कार प्रदान गरिने भएको हो । मण्डला नाटकघरमा एक समारोहका बीच उनलाई शनिबार सो पुरस्कार प्रदान गरिनेछ ।

उनी वाम बुद्धिजिबी र राजनीतिक विश्लेषकका रूपमा समेत परिचित छन् त्यसैगरी आदिवासी जनजातिको पहिचान र अधिकार लगायत महिला, दलित, मुस्लिम, थारु, मधेसीको न्याय, सामाजिक शोषण र विभेद् विरुद्ध लेख्ने र बोल्ने गर्छन् ।

संग्रौला सत्ता इतरका लेखक हुन् भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ओली सत्ताको कटु आलोचक भनेर चिनिन्छन् । कोषले दिएको जानकारी अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पुरस्कार वितरण समारोहमा राजनीतिक वृत्तका विश्वप्रकाश शर्मा, अजम्बर काङ्माङ, रामकुमारी झांक्रीलाई वक्ताको रुपमा उभ्याइने आयोजकले जनाएको छ ।

त्यस्तै पहिचान पुरस्कार र मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ र पहिचान साहित्यमा कृयाशील कैलाश राईले बोल्ने छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;