लेखक तथा समालाेचक संग्रौला पहिचान पुरस्कारद्वारा सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। प्रखर लेखक एवम् समलोचक खगेन्द्र संग्रौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । संग्रौलालाई बैशाख ४ गते एक समारोहबीच नगद चार लाख दुई हजार दुई रूपैयाँ नगद राशीको पहिचान पुरस्कार प्रदान गरिने छ ।

पहिचान पुरस्कार कोषले दिएको जानकारी अनुसार लेखक संग्रौलालाई सो पुरस्कार प्रदान गरिने भएको हो । मण्डला नाटकघरमा एक समारोहका बीच उनलाई शनिबार सो पुरस्कार प्रदान गरिनेछ ।

उनी वाम बुद्धिजिबी र राजनीतिक विश्लेषकका रूपमा समेत परिचित छन् त्यसैगरी आदिवासी जनजातिको पहिचान र अधिकार लगायत महिला, दलित, मुस्लिम, थारु, मधेसीको न्याय, सामाजिक शोषण र विभेद् विरुद्ध लेख्ने र बोल्ने गर्छन् ।

संग्रौला सत्ता इतरका लेखक हुन् भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ओली सत्ताको कटु आलोचक भनेर चिनिन्छन् । कोषले दिएको जानकारी अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पुरस्कार वितरण समारोहमा राजनीतिक वृत्तका विश्वप्रकाश शर्मा, अजम्बर काङ्माङ, रामकुमारी झांक्रीलाई वक्ताको रुपमा उभ्याइने आयोजकले जनाएको छ ।

त्यस्तै पहिचान पुरस्कार र मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ र पहिचान साहित्यमा कृयाशील कैलाश राईले बोल्ने छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;