यासा प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाक सम्मानित हुदैं

 लिम्बुवान न्युज
                       

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा साहित्यकार नवल फाइबाली, सञ्चारकर्मी दिल कुमार लाओती र गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई सम्मान गर्ने भएको छ ।

शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न हुने प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाकलाई सम्मान गर्न लागिएको याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बो लिम्बूले बताए ।

प्रत्येक २/२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्वेश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा मोरङ केराबारी–२ सिंहदेबी फाइबामा जन्मनु भई हाल अर्जुनधारा न.पा.–७ झापामा स्थायी रूपमा बसोबास गर्दै लिम्बू साहित्यमा कलम चलाउन थालेका साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मान गर्ने अध्यक्ष नाल्बोले बताए ।

यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मान गर्ने याक्थुङ साहित्य प्रतिष्ठानका सचिव मुसाहाङ अम्याङसाले बताए । लाओती लिम्बुवान खबर डटकमका प्रधानसम्पादक हुन् ।

यसैगरि ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखु हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आउनु भएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मान गर्ने सचिब अम्याङसाले बताए ।

दमक नगरपालिका १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...