मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारहरु एकजुट हुँदै

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारवाला संघ संस्था र राजनैतिक दलहरु एकजुट भएका छन् । मुक्कुमलुङ् नामाकरण गरियोस् भनी आन्दोलनरत मुक्कुललुङ् संयुक्त संघर्ष समितिले शनिबार ताप्लेजुङ्मा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुले सो कुरा गरेका हुन् ।

विकासको नाममा मुक्कुमलुङ्लाई देवीपाथीभरा नामाकरण गरिएसँगै संघर्षमा उत्रिएका त्यस क्षेत्रका जनताहरुले आफूहरु विकास विरोधी नभएको तर पहिचान र अस्तित्वलाई स्वीकार गर्न सरकारलाई अनुरोध गरेका छन् । पाथीभरा केवुलकार प्रा.लि.ले केवुलकार निर्माणको लागि त्यस क्षेत्रको जग्गा जमिनमा व्यापक अपचलन गरेको भन्दै विभिन्न मिडियाहरुमा आइरहेको प्रति आफूहरु शसंकित भएको भन्दै सारोकारवालाहरु निर्माण कम्पनीले व्यापक भ्रष्टचार गरेको समेत आरोप लगाएका छन् ।

केवुलकार ठूलो फेदी भन्दा माथि लान नहुने उनिहरुको जिकिर छ । यद्यपी त्यस क्षेत्रमा हुने फोहरमैलाका कारण पवित्र आस्थाको केन्द्र मुक्कुमलुङ्को शिरमा दुर्गन्धित हुनेमा आफूहरु चिन्तित भएको सरोकारवालाहरु बताउँछन् । सरकारले यस प्रति गम्भीर हुने उनीहरुले अनुरोध गरेका छन् ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात याक्थुङ् चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, कियाचु जिल्ला उपाध्यक्ष डिबि पालुङ्वा, नेपाली कांग्रेसका अमिर मादेन, नेकपा माओवादी केन्द्रका ठाकुर सिं साम्सोहाङ, नेकपाका सकल पन्धाक लिम्बु, जसपाका विष्णु शेखर तुम्बाहाम्फे, संघीय लिम्बुवान मञ्चका इन्दीरा मेन्याङ्बो, नविन पोमु, प्रताप चोङबाङ र अशोक मादेन र नेपाल पत्रकार महासंघ जिल्ला सदस्य आलोक माबोहाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक ज्ञानु फुरुम्बोले बताए ।

यदि सरकारले सरोकारवालाहरुको कुरालाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गरेर अघि बढ्ने संयोजक फुरुम्बोले बताएका छन् । आफूहरु विकास विरोधी नभएको तर सरकारले प्राकृतिक दोहन गर्नु पूर्व त्यस क्षेत्रका आदिवासी जनजातिको जल, जंगल र जमिन माथिको अग्राधिकारलाई सम्बोधन गर्नुपर्ने संयोजक फुरुम्बोले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...