लाओती सयङको पाँचौं महाधिवेशन लुम्फाबुङमा हुँदै

 लिम्बुवान न्युज
                       

पान्थर। पापोहाङ लाओती सयङको पाँचौ केन्द्रिय महाधिवेशन पान्थरको फेदेन नगरपालिका ९ लुम्फाबुङमा हुने भएको छ । आगामी बैशाख १३ र १४ गते दुई दिन विभिन्न कार्यक्रम सहित सम्पन्न हुने भएको छ ।

बैशाख १३ गते बिहान ११ बजे देखि खुला सत्र शुरु हुनेछ भने १४ गते बन्दसत्र हुने भएको छ । १३ गते खुल्ला सत्रमा पापोहाङ लाओती सयङको ऐतिहासिक चोत्लुङ (१२ फिट्को स्तम्भ) पापोहाङ लाओती सयङको प?ङ्लुङ र प?लुङ स्थापना साथै सोही साँझ लाओतीहरुको ऐतिहासिक तथा पहिलो प्रकाशनमा आएको बङ्शावली पुस्तक लोकार्पण कार्यक्रम रहेको महाधिवेशन तयारी समितिका संयोजक विजयबोध लावतीले जानकारी दिए ।

बैशाख १४ गते बन्दसत्रले नयाँ कार्यसमिति चयन गरि सपथ ग्रहण कार्यक्रम हुने र सोही दिन विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन हुने र सांस्कृतिक प्रतियोगिता अन्तर्गत केःलाङ नाँच र याःलाङ नाँच हुने जनाइएको छ । उक्त प्रतियोगी बिजेतालाई १५ हजारको पुरस्कार दिइने साथै लिम्बू भाषिक कबिता प्रतियोगिता साथै सांस्कृतिक हाँस्य मनोरञ्जनात्मक कार्यक्रम पनि रहने शनिबार प्रकाशित प्रेस बिज्ञप्तिमा बताइएको छ ।

बैशाख ४ गते शनिबार पान्थरको फेदेन स्थित चाम्देन होटलको सभाहलमा यस कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमका संयोजक विजयबोध लावतीले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...