लिम्बुवानद्वारा सरकारलाई औपनिवेशिक नीति रोक्न चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध गरेको हो ।

मुक्कुमलुङको अस्तित्व र पहिचान नामेट पार्ने षडयन्त्र सरकारबाटै भएको मञ्चले आरोप लगाएको छ । आज मञ्चका महासचिव शान्ता योङहाङद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका आदिवासीहरुको अग्राधिकारलाई सम्मान गर्न र मुक्कुमलुङ संरक्षणको लागि आन्दोलनरत संघर्ष समितिको मागलाई सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी विज्ञप्तिमा अरुण, तमोर र दुःध कोशीको संगम स्थलमा अवस्थित मुन्धुमी लुङ् खुवालुङलाई सरकारले जबर्जस्ती तोडफोड गरी मोटरबोट चलाउने प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मञ्चले खेद व्यक्त गरेको छ । मञ्चले सरकारको यस्तो कार्यक्रमको घोर बिरोध र भत्र्सना गर्दै खुवालुङको संरक्षण गरेर मात्र विकासको काम अघि बढाउन सरकारसँग माग गरेको छ ।

सरकारले विकासको नाममा आदिवासी जनजातिको पहिचान र अस्तित्वमाथि औपनिवेशिक चिन्तन लिएर अघि बढे मञ्च प्रतिकारमा समेत उत्रने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...

लाजेहाङको परिवारलाई ५ लाख दिने प्रदेश सरकारकाे निर्णय

दमक, २४ फागुन । १ नं. प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम कुमार लिम्बू (लाजेहाङ)को परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भई उपचारका...

दिल प्रसाद नेम्बाङले नागरिक उन्मुक्ति पार्टीको इलाम जिल्ला हाक्ने

दमक, २४ फागुन । नागरिक उन्मुक्ति पार्टी इलाम जिल्ला तदर्ज समिति गठन भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यतामा बुधबार इलामस्थित चुलाचुली आइतबारेमा सम्पन्न भेलाले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो...