न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ । “साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले अध्यक्ष बाङदेलको नेतृत्वमा एघार सदस्यीय कार्य समिति गठन गरेको छ ।
उक्त नवगठित समितिमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष, कोषाध्यक्ष मनु लोहरुङ राई चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्ध चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लिङ राई र अग्नी साम्पाङ राई रहेकाछन् ।
नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको समन्यवयमा साहित्यकारहरुको भेला गरेका थिए । सो अवसरमा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्ले नवगठित सम्पूर्ण पदाधिकारीहरुलाई सुभकामना दिएका थिए । अध्यक्षमा चुनिएका साहित्यकार मणि बाङदेलले— “अमेरिकामा रहदै आएका आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट मुखरित गर्न योजना बनाएर अगाडि बढ्ने” बताए । (विवश बेनामको वालबाट)
ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...
माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...
दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...
दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...