दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ ।
गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव मुसाहाङ अम्याङसाको हस्ताक्षरित प्रेस बिज्ञाप्ति सार्वजनिक गर्दै ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि गरेको हो ।
आइतबार जारि गरिएको घोषणा–पत्रमा भाषा साहित्य विकासका लागि साहित्यिक कार्यक्रम संचालन गर्ने, भाषा साहित्य सम्बन्धि अखबार/पत्र पत्रिका, पुस्तक बुलेटिन/स्मारिका र मुखपत्र प्रकाशन गर्ने, भाषा साहित्यको प्रवर्द्धनको लागि पुरस्कारको स्थापना गर्ने, लिपी भाषा, साहित्य कला संस्कृतिमा योगदान पुर्याउने व्याक्तिहरुको प्रत्येक २÷२ बर्षमा सम्मान तथा अभिनन्दन गर्ने, भाषा तथा साहित्यकारहरुको वौद्विक विकासको लागि भाषिक सेमीनार गोष्ठी एवं तालिमको आयोजना गर्ने लगायत बुँदाहरु उल्लेख गरिएको छ ।
दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...
ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...
माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...
दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...