पाँचथर। पाँचथरको फाल्गुनन्द २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिक यहाँ शिलान्यास गरिएको छ ।
आइतबार शालिक निर्माण उपभोक्ता समितिले एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद नेम्बाङले वताए । शालिक राख्न गत मङ्सिर १० गते सोही गाउँ निवासी समाजसेवी नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय फाल्गुनन्द शालिक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।
फाल्गुनन्द २ का वडाध्यक्ष बहादुर सिङ नेम्बाङ र वार्ड नं ३ का अध्यक्ष सुकबिर नेम्बाङले शालिकको शिलान्यस गरेका हुन् । शालिक शिलान्यसका क्रममा द्वय वडाध्यक्षले महागुरु लिङदेन कुनै जाति विशेषको नभई समाज सुधारक भएको औल्याए ।
इम्बुङका स्थानीय तथा विदेशमा बस्दै आएका बासिन्दाहरुको अगुवाईमा महागुरुको शालिक राख्न लागिएको हो । समितिका अध्यक्ष नेम्बाङका अनुसार बैशाख भित्र शालिक स्थापना गर्ने गरि धमाधम काम भईरहेको छ । शालिक इम्बुङको हाङसाङवरक पोखरीको जमिनमा राखिने र शालिकको उच्चाई १३ फिट अग्लो पूर्ण कदको हुनेछ ।
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...
दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...