महागुरू फाल्गुनन्दको शालिक शिलान्यास

,   लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको फाल्गुनन्द २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिक यहाँ शिलान्यास गरिएको छ ।

आइतबार शालिक निर्माण उपभोक्ता समितिले एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद नेम्बाङले वताए । शालिक राख्न गत मङ्सिर १० गते सोही गाउँ निवासी समाजसेवी नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय फाल्गुनन्द शालिक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।

फाल्गुनन्द २ का वडाध्यक्ष बहादुर सिङ नेम्बाङ र वार्ड नं ३ का अध्यक्ष सुकबिर नेम्बाङले शालिकको शिलान्यस गरेका हुन् । शालिक शिलान्यसका क्रममा द्वय वडाध्यक्षले महागुरु लिङदेन कुनै जाति विशेषको नभई समाज सुधारक भएको औल्याए ।

इम्बुङका स्थानीय तथा विदेशमा बस्दै आएका बासिन्दाहरुको अगुवाईमा महागुरुको शालिक राख्न लागिएको हो । समितिका अध्यक्ष नेम्बाङका अनुसार बैशाख भित्र शालिक स्थापना गर्ने गरि धमाधम काम भईरहेको छ । शालिक इम्बुङको हाङसाङवरक पोखरीको जमिनमा राखिने र शालिकको उच्चाई १३ फिट अग्लो पूर्ण कदको हुनेछ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;