काठमाडौं। अनलाईन मिडियालाई वर्षेनी नविकरण गर्नुपर्ने प्रावधानको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अब प्रत्येक आर्थिक बर्षमा अनलाईन मिडियालाई बिगतमा जस्तो नविकरण पर्ने छैन । गत चैत्र मसान्तमा आएको सर्वोच्चको फैसलाले अनलाईन मिडिया अनुगमनका नाउँमा वर्षेनी गर्नुपर्ने नवीकरण कार्यलाई खारेज गरिदिएको हो ।
वर्षेनी नवीकरण गर्नैपर्ने सरकारी प्रावधान खारेजीको माग गर्दै युवा पोष्ट डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गत माघ ५ गते सोमबार दर्ता गराएको रिट उपर सर्वोच्चको यस्तो फैसला आएको हो । निवेदकका तर्फबाट घिमिरे आफै र अधिवक्ताहरु विष्णुकुमार गिरी र राजकुमार रानाले वहस गरेका थिए ।
रिट निवेदनमा नविकरण प्रावधान नेपालको संविधानको धारा १७ स्वातन्त्रताको हक, धारा १८ समानताको हक, धारा १९ सञ्चारको हक र धारा २७ सूचनाको हक विरुद्ध छ भनी खारेजीको माग गरिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपक कुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासबाट अनलाईन नवीरकण खारेजीको फैसला भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध भएको उक्त फैसलामा अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६(३) को उपदफा १ अनुसार अनलाईन नवीरकण नगरे सेवा रोक्ने प्रवधान नेपालको संविधानको धार १९ को उपधारा २ विरुद्ध भएको ठहर गरिएको छ ।
फैसलामा भनिएको छ –‘संविधानको उक्त व्यवस्था विपरित रोक लगाउने गरी भएको अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा (३)को म्यादभित्र नवीकरण नगराउने अनलाईन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ भन्ने व्यवस्था संविधानको उक्त व्यवस्थासँग प्रतिकूल देखिँदा उत्प्रेषकको आदेशद्वारा बदर हुने ठहर्छ । फैसलाको पूर्णपाठ पछि आउने आदेशमा उल्लेख छ ।
यसअघि सूचना विभागमा अनिवार्य अनलाईन मिडियाहरुको वार्षिक नवीकरण अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ (१) अनुसार प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रमा गर्नैपर्ने वाध्यता थियो । जसका कारण कतिपय अनलाईन मिडियाहरु एक आर्थिक वर्ष समाप्त भएपछि अर्को आर्थिक वर्षमा तोकिएकै समयमा नवीकरण हुन नसक्दा बन्द हुने गरेका थिए ।
नवीकरण गराउन नसकेका कतिपय अनलाईन मिडिया सञ्चालकहरुलाई स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन लगायत अन्य सूचनामूलक र व्यवसायिक विज्ञापन समेत नपाउने समस्या थियो ।
ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...