लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा)

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा सेवा (उभौली पुजा) सहित बुधबार विविध कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश नम्बर १ का पुर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा माओवादी केन्द्र, एक नं.प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले चाडै नै १ नं. प्रदेशमा सरकार बदलिने र माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बन्ने दाबि गरेका छन् । प्रमुख अतिथि आङ्बोले लब्रेकुटि–सिलौटी क्षेत्र पाँचथरको महत्वपूर्ण स्थल भएको बताए । मुलुकका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पावन कर्मभूमिको बिकास र प्रबद्र्धन गरी जिल्लाकै अब्बल धार्मिक पर्यटकीयस्थलको रुपमा स्थापित गर्न आफू प्रदेश सरकारमा हुँदा पहल गरेको र आगामी दिनमा पनि निरन्तर पहल गरिरहनेमा जोड दिने आङ्बोले बताए ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ति तुम्बापो, जिल्लास्थित राजनीतिक दल र विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो बिचार राख्नुभएको थियो ।
यसरीनै कार्यक्रममा फिदिमस्थित न्यू बरदान संगीतालयका कलाकारहरुले नृत्य तथा गायन प्रस्तुती प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई समितिका सचिव गणेश तुम्रोकले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;