दमक। ९०औं समाजसुधार दिवसको अवसरमा विश्वव्यापी अनलाइन सामिला(कविता) प्रतियोगिता हुने बताइएको छ । आगामी वैशाख २४ गते दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागिएको हो ।
वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटिमा किरात धर्मका दर्शनदाता तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दबाट दश लिम्बु सत्रथुमका तुतु तुम्याङहरुलाई भेला गरी सत्य धर्म मुचुल्का गरेको थिए । सोही दिनलाई समाधसुधार दिवसको रुपमा किरातीहरुले मान्दै आएका छन् । यसै अवसरमा खुल्ला अनलाइन साम्मिला (कविता) प्रतियोगिता कार्यक्रम गर्न लागिएको साङसेन पन्धाकले बताए ।
वैशाख ७ देखि १८ गतेसम्ममा रचना पठाइ सक्न आयोजकले जनाएको छ । सहभागीहरुले कविता सत्य धर्म मुचुल्कामा आधारित हुनु पर्ने छ भने किरात लिम्बु भाषा वा खस भाषा मध्ये एकबाट सहभागी बन्न पाउने छन् । कविता बढीमा २ सय शब्दको मात्र हुनु पर्नेछ र कविताको भिडियो बनाएर पठाउनु पर्नेछ । विवाद सिर्जना भए निर्णायकको निर्णय नै अन्तिम हुने आयोजकले भनेको छ । यसरी नै कवितालाई दर्शकको ४० र निर्णायकले ६० प्रतिशत अंक प्रदान जनाएको छ ।
भिडियो माङसेबुङस्टार टिभीको अनलाइन यूटुवबाट प्रशासण गरिने सहसंयोजक साङसेन वरकले बताए । कार्यक्रमको संयोजक डब्बल सुब्बा, सह संयोजक साङसेन पन्धाक, सदस्यहरुमा अविशेक नेम्बाङ, मञ्जु थेगिम, सुमन लिङ्देन, भवानी आङ्देम्बे र विराट किराती रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा हरि हुक्पा चोङ्बाङ, सेसेमी से नाल्बो, सेसेहाङ फियाक, साम्जिरी सेर्मा र रानीटारे साइला रहेका छन् ।
यस्तै मिडिया सपोर्टको रुपमा माङसेबुङ स्टार टिभी, माङसेबुङ न्यूज डक कम, समदर्शी सञ्चार प्रा.लि, रेडियो माङसेबुङ १०४.६ मेगाहर्ज, नयाँ बुलन्द डट कम र लिम्बुवानखबर डट कम रहेका छन् ।
यस कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्तव्नाले ३ हजार पुरस्कार राशी जित्ने आयोजकका सह संयोजक साङ्सेन पन्धाकले जानकारी दिएका छन् ।
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...
ललितपुर, उपत्यका ब्यूराे । ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने १३ सदस्यीय समिति निर्वाचित भएका...