दमक। ९०औं समाजसुधार दिवसको अवसरमा विश्वव्यापी अनलाइन सामिला(कविता) प्रतियोगिता हुने बताइएको छ । आगामी वैशाख २४ गते दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागिएको हो ।
वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटिमा किरात धर्मका दर्शनदाता तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दबाट दश लिम्बु सत्रथुमका तुतु तुम्याङहरुलाई भेला गरी सत्य धर्म मुचुल्का गरेको थिए । सोही दिनलाई समाधसुधार दिवसको रुपमा किरातीहरुले मान्दै आएका छन् । यसै अवसरमा खुल्ला अनलाइन साम्मिला (कविता) प्रतियोगिता कार्यक्रम गर्न लागिएको साङसेन पन्धाकले बताए ।
वैशाख ७ देखि १८ गतेसम्ममा रचना पठाइ सक्न आयोजकले जनाएको छ । सहभागीहरुले कविता सत्य धर्म मुचुल्कामा आधारित हुनु पर्ने छ भने किरात लिम्बु भाषा वा खस भाषा मध्ये एकबाट सहभागी बन्न पाउने छन् । कविता बढीमा २ सय शब्दको मात्र हुनु पर्नेछ र कविताको भिडियो बनाएर पठाउनु पर्नेछ । विवाद सिर्जना भए निर्णायकको निर्णय नै अन्तिम हुने आयोजकले भनेको छ । यसरी नै कवितालाई दर्शकको ४० र निर्णायकले ६० प्रतिशत अंक प्रदान जनाएको छ ।
भिडियो माङसेबुङस्टार टिभीको अनलाइन यूटुवबाट प्रशासण गरिने सहसंयोजक साङसेन वरकले बताए । कार्यक्रमको संयोजक डब्बल सुब्बा, सह संयोजक साङसेन पन्धाक, सदस्यहरुमा अविशेक नेम्बाङ, मञ्जु थेगिम, सुमन लिङ्देन, भवानी आङ्देम्बे र विराट किराती रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा हरि हुक्पा चोङ्बाङ, सेसेमी से नाल्बो, सेसेहाङ फियाक, साम्जिरी सेर्मा र रानीटारे साइला रहेका छन् ।
यस्तै मिडिया सपोर्टको रुपमा माङसेबुङ स्टार टिभी, माङसेबुङ न्यूज डक कम, समदर्शी सञ्चार प्रा.लि, रेडियो माङसेबुङ १०४.६ मेगाहर्ज, नयाँ बुलन्द डट कम र लिम्बुवानखबर डट कम रहेका छन् ।
यस कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्तव्नाले ३ हजार पुरस्कार राशी जित्ने आयोजकका सह संयोजक साङ्सेन पन्धाकले जानकारी दिएका छन् ।
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...
स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...