झापा/ झापाको कमल ५ मा सुविधासम्पन्न रिभर भ्यु हेरिटेज एण्ड रिसोर्ट वैशाख १ बाट औपचारिक रुपमा संचालनमा आएको छ । दमकका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा सो रिसोर्ट संचालनमा ल्याएका हुन् ।
संचालक रूद्र कार्की
दमकसंगै जोडिएको कमल ५ स्थित रतुवापुल पूर्व हाइवेसँगै जोडिएको उक्त रिसोर्ट उद्घाटन कार्यक्रम नयाँ बर्षको दिन देखि एक हप्ता संचालन भएको संचालक कार्कीले बताए । उनले उद्घाटन कार्यक्रममा चर्चित कलाकारहरु मेलिना राई, इन्दीरा जोशी र प्रमोद खरेललाई समेत सांगीतिक कार्यक्रममा उभ्याएका छन् । वैशाख १ गते इन्दीरा जोशी, वैशाख ३ गते मेलिना र ७ गते अन्तिम दिन द भोइस अफ नेपालका जज प्रमोद खरेलले प्रस्तुति दिएका थिए । पूर्वकै चर्चित आरजे भूमिका सुब्बाले कार्यक्रम संचालन गरेकि छन् ।
त्यस क्षेत्रमा करिब अढाई बिगाहा क्षेत्रफलसहित करिब ५० करोड रुपैयाँको लगानीमा रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट सञ्चालनमा आएको हो । एक बर्ष लामो कोभिड–१९ को कारण लकडाउनमा थलिए पनि हालसम्म कुनै बैंकहरुबाट ऋण नलिई आफ्नै खर्चमा निर्माण भएको हुँदा ढिलै भए पनि संचालनमा ल्याएको कार्की बताउँछन् । करिब १ लाख वियरको बोलतले बनेको बोतल हाउस, वच्चाहरुको निमित्त खेल्ने सामाग्रीका, बृद्धवृदासम्मले मज्जा लिन सक्ने पार्कको निर्माण भएको छ भने विभिन्न पार्टी सेमिनार समेत गर्न मिल्ने हलको समेत व्यवास्थापन भईरहेको साथै स्वीमिङ् लगायत पनि निर्माण अन्तिम चरणमा पुगेको संचालकले जनाएका छन् ।
वातावरण मैत्री बनेको बोतल हाउसबाट मनोरम दृश्यावलोकन गर्दै र स्वास्थ्यवद्र्धक खानाहरुको स्वागत चाख्न पाइने वताइएको छ । त्यस्तै आकर्षक झरना, नेपाली मौलिकता झल्किने र आधुनिक मनोरञ्जनका साधनहरु रिसोर्टमा थप आकर्षणका रुपमा रहेका छन । करिब १ लाखले अवलोकन गरेको रिसोर्टको उद्घाटनसँगै आवतजावत दिनदिनै बढ्दै गएको संचालक कार्कीले बताएका छन् ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...