मञ्चद्वारा दोभानका अग्निपिढीतहरुलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समितिहरुद्वारा संकलित रकम ताप्लेजुङ् दोभानका अग्निपिढीत ५८ घर परिवारलाई राहत वितरण गरेको छ । संघीय लिम्बुवान सामाजिक मन्च, प्रवास कार्य समिति युकेको विशेष पहलमा अन्य प्रवा समितिहरु इजरायल, कतार, मलेसिया, कोरिया, बहराइनद्वारा संकलित रकम ९ लाल ७८ हजार ३१० रुपैयाँ ताप्लेजुङ दोभानको आगलागी पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा सो रकम वितरण गरिएको छ । ५६ घर परिवारलाई १७ हजारका दरले र थप दुई परिवारलाई १२ हजार ७ सय २० का दरले रकम प्रदान गरिएको छ ।

संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास यूकेको उपाध्यक्ष शर्मिला यक्सोको विशेष सक्रियतामा यूकेबाट ५ लाख ३६ हजार ७ सय, इजरायलबाट १ लाख ८० हजार ७ सय ४५, कतारबाट १ लाख ३७ हजार ८ सय ६५, बहराइनबाट ५३ हजार, कोरियाबाट ३० हजार, मलेसियाबाट ४० हजार रकम संकलन भएको थियो ।

राहत वितरण कार्यक्रममा मञ्चका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, राहत संकलन संयोजक प्रवास युकेका उपाध्यक्ष शर्मिला यक्सो, लिम्बुवान मञ्चका ताप्लेजुङका केन्द्रीय नेताहरु त्यसैगरी जिल्ला अध्यक्ष लगायत नेताहरुको उपस्थिति रहेको थियो भने मेरिङ्देन गाउँपालिकाका कर्मचारी रोशन शाह, राहत वितरण समितिका सदस्य हरिप्रसाद काफ्लेको उपस्थितिमा पिढीतहरुलाई रकम हस्तान्तरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सहयोग गर्नुहुने प्रवास समितिहरुलाई धन्यवाद दिएका छन् भने पिढीत परिवारहरुलाई राज्यले तुरुन्त घर पुनःनिर्माणमा पहलकदमी चाल्न अनुरोध गरेका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;