काठमाडौं। मुक्कुमलुङ अतिक्रमणको विरुद्धमा आज काठमाण्डौँमा बिरोध–सभा सम्पन्न भएको छ । लिम्बु समुदायको ऐतिहासिक आस्थालाई भत्काई ’मुक्कुमलुङ’को अस्तित्व मेट्ने दुस्प्रयास गरेकोले सरकारको यो गलत कदमको विरुद्धमा याक्थुङ लेखक मञ्च,उपत्यका समितिको आयोजनामा आज काठमाण्डौँमा बिरोध–सभा गरिएको हो ।
कार्यक्रममा मगरात संघर्ष समिति, किरात मोर्चा, जन– सरोकार समन्वय समिति, सेभ भ्याली नेपाल,उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष काठमाण्डौँ (नेवा नेसन) आदि संघ–संस्थाहरुले समेत सहभागिता र ऐक्यबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा गोविन्द आङ्बुङले स्वागत मन्तव्य राखेका थिए भने, सुरज मादेनले स्वागत गीत प्रस्तुत गरेका थिए । सभामा शनि लिम्बु ,मातृका नेम्बाङ, उत्तम लिम्बु , निर्भिकजंग रायमाझी, इन्दु फोम्बो, रोहित आङ्बो लगायतले कविता वाचन गरेका थिए । त्यसैगरी मगरात संघर्ष समितिको तर्फबाट राम मगर, किरात मोर्चाबाट तेन्दङ मिवक, जनसरोकार समन्वय समितिबाट राजाराम तण्डुकार, आदिवासी जनजाति साहित्यकार/लेखक महासंघबाट टंक सेलिङ र गोविन्द छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम याक्थुङ लेखक संघका सह–सचिव सुनिल आङ्बोले सञ्चालन गर्नुभएको थियोे भने कार्यक्रमको समापन यासेली योङहाङले गर्नुभएको थियोे ।
यसरी नै झापाको विर्तामोडमा पनि मुक्कुम्लुङ् अतिक्रमण विरुद्ध कविता वाचन भएको छ । मुक्कुमलुङ् बचाऔं अभियानलाई जोडदार आवाज उठाउन सन्देश दिने कार्यक्रम आयोजना गरिएको संघर्ष समिति झापा जिल्लाले जनाएको छ ।
कार्यक्रममा कवि साङसेन पन्धाक, विराट किराती, सेलिङ के.सि., पुष्पहाङ लोवा, रचना लावती र संगम सुहाङ् लगायतका श्रष्टाहरुले आ–आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रम विर्तामोडको मुक्तिचोकमा भएको हो ।
यस कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ् जिल्ला कार्य समिति झापाको सहजीकरणमा भएको हो भने याक्थुङ लेखक संघ झापा र लिम्बु विद्यार्थी मञ्च झापा र लिम्बुवान स्प्रिङ आन्दोलनको सहआयोजनमा भएको थियो ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...