मुक्कुमलुङ अतिक्रमण विरुद्ध काठमाडौं र झापामा एकैसाथ बिरोध

 लिम्बुवान न्युज
                       

काठमाडौं। मुक्कुमलुङ अतिक्रमणको विरुद्धमा आज काठमाण्डौँमा बिरोध–सभा सम्पन्न भएको छ । लिम्बु समुदायको ऐतिहासिक आस्थालाई भत्काई ’मुक्कुमलुङ’को अस्तित्व मेट्ने दुस्प्रयास गरेकोले सरकारको यो गलत कदमको विरुद्धमा याक्थुङ लेखक मञ्च,उपत्यका समितिको आयोजनामा आज काठमाण्डौँमा बिरोध–सभा गरिएको हो ।

कार्यक्रममा मगरात संघर्ष समिति, किरात मोर्चा, जन– सरोकार समन्वय समिति, सेभ भ्याली नेपाल,उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष काठमाण्डौँ (नेवा नेसन) आदि संघ–संस्थाहरुले समेत सहभागिता र ऐक्यबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा गोविन्द आङ्बुङले स्वागत मन्तव्य राखेका थिए भने, सुरज मादेनले स्वागत गीत प्रस्तुत गरेका थिए । सभामा शनि लिम्बु ,मातृका नेम्बाङ, उत्तम लिम्बु , निर्भिकजंग रायमाझी, इन्दु फोम्बो, रोहित आङ्बो लगायतले कविता वाचन गरेका थिए । त्यसैगरी मगरात संघर्ष समितिको तर्फबाट राम मगर, किरात मोर्चाबाट तेन्दङ मिवक, जनसरोकार समन्वय समितिबाट राजाराम तण्डुकार, आदिवासी जनजाति साहित्यकार/लेखक महासंघबाट टंक सेलिङ र गोविन्द छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम याक्थुङ लेखक संघका सह–सचिव सुनिल आङ्बोले सञ्चालन गर्नुभएको थियोे भने कार्यक्रमको समापन यासेली योङहाङले गर्नुभएको थियोे ।

यसरी नै झापाको विर्तामोडमा पनि मुक्कुम्लुङ् अतिक्रमण विरुद्ध कविता वाचन भएको छ । मुक्कुमलुङ् बचाऔं अभियानलाई जोडदार आवाज उठाउन सन्देश दिने कार्यक्रम आयोजना गरिएको संघर्ष समिति झापा जिल्लाले जनाएको छ ।

कार्यक्रममा कवि साङसेन पन्धाक, विराट किराती, सेलिङ के.सि., पुष्पहाङ लोवा, रचना लावती र संगम सुहाङ् लगायतका श्रष्टाहरुले आ–आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रम विर्तामोडको मुक्तिचोकमा भएको हो ।

यस कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ् जिल्ला कार्य समिति झापाको सहजीकरणमा भएको हो भने याक्थुङ लेखक संघ झापा र लिम्बु विद्यार्थी मञ्च झापा र लिम्बुवान स्प्रिङ आन्दोलनको सहआयोजनमा भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;