शुक्रबार, १० बैशाख, २०७८ बिहानको १०:४६ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायिका भावना नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘काराङ्वा पुसा’ को म्युजिक भिडियो छायाँकन सकिएको छ ।
गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा आफ्नै लय संकलन रहेको पालमको भिडियो माङसेसे कोक्मा ललितपुरमा छायाँकन गरिएको हो ।
कृष्ण थलङको छायाँकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको पालाम भिडियोमा यादन सेर्मा ‘नुनाम’, भावना नेम्बाङ, सागर केरुङ, जेपि नेम्बाङ, माइकल तुम्बापो, राम तिलिङ, मनिशा सम्बाहाम्फे, बबिता चोङ्बाङ, नरेश वनेम फागो, बालकृष्ण वनेम फागो, सीता फोम्बो, जेनि आङ्बुहाङ, एबि आङ्देम्बे, सिमा कुलुङ राई, भिम लिम्बू, शिव सम्बाहाम्फे, कबिराज लिम्बू, सुनिता लिम्बू, अन्जना लिम्बू, साया लिम्बू लगायतले अभिनय गरेका छन् ।
यादन सेर्मा ‘नुनाम’ को भिडियो कन्सेप्टमा निर्माण भएको पालम गीत भने किङ स्टुडियो अनामनगर काठमाडौंमा सुरेश राई र मनोज साङसोनले रेकर्डिङ गरेका हुन् ।
लेखनाथ चेम्जोङको संगीत संयोजन रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन । यस्तै पहिरन र गरगहना भने माङगेना ढाका पसलको रहेको छ ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...