प्रधानमन्त्री ओलीद्वारा फागुनमा स्थानीय तहको चुनाव गर्ने घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

स्थानीय चुनावबारे पहिलो पटक बोल्दै अध्यक्ष ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्न भनेका छन् । सो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज (शुक्रबार) बसेकाे बैठकबाट नयाँ स्थायी कमिटी निर्माण गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच बसेकाे दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् ।

ओलीको स्थायी कमिटीमा नेपाल पक्षका नेताहरु आउट भएका छन् । यता एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने कमिटीमा स्थान दिएका छन् ।

साबिकको नेकपामा स्थायी कमिटी रहेका पूर्व माओवादीका चार नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई भने स्थायी कमिटीमा समोवश गरिएको छ ।

उनीहरूबाहेक महासचिव ईश्वर पोखरेलका साथै विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

नेपाल समूहलाई वाइपास

एमाले अध्यक्ष ओलीले बनाएको स्थायी कमिटीमा पार्टीमा समानन्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहलाई भने वाइपास गरिएको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव थिए । सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य थिए । अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि पदेन स्थायी कमिटी सदस्य थिए । साबिकको नेकपामा रघुजी पन्त पनि स्थायी कमिटीमा थिए । तर, उनीहरु कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।

गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । २८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर अध्यक्ष ओलीले आफू र महासचिव ईश्वर पोखरेल बाहेक एमालेका पदाधिकारी हटाए भने स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएका थिए । तर अहिले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर १९ सदस्यीय स्थायी कमिटी बनाएका छन् ।

त्यसैगरी सो बैठकले कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...