शुक्रबार, १० बैशाख, २०७८ रातीको ०९:५१ बजे,
लिम्बुवान न्युज
दमक । झापा दमक १ कि संगीता सेरेङ (इक्सा) नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दमक नगर कमिटीको अध्यक्षमा चुनिएकी छन् ।
आज माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा बालुवाटारस्थित पार्टी कार्यालयमा सम्पन्न नगर स्तरिय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
उक्त गठित कमिटीका सदस्यहरुमा तारा राई, एलिसा बर्देवा, पुष्पा लिम्बू, समिरा पोख्रेल, सुस्मा अधिकारी, शान्ति धिमाल, कल्पना तामाङ घिमिरे, हिमा श्रेष्ठ, देवी आङदेम्वे, सरस्वती नेपाल, बिष्णु धिमाल, अनिमा तामाङ, बिन्दु सिटौला लक्की, गोमा ढकाल, तारा राई, छमिला तामाङ, मिरा गौतम, ससिकला बन्जरा रहेकी छन् । त्यस्तै सानू बस्नेत, बिमला बिक, रुपमणी राई, सरु कार्की, कमला राई, बन्दना लिम्बू, लिला राय, कुमारी धिमाल, बिनिता फुयाल, सपना कालिकोटे र अनिता मल्लिक सदस्यमा चुनिएका सो पार्टीका स्थानीय नेता शंकर बस्नेतले जानकारी दिएका छन् ।
पछिल्लो समय सर्वोच्चले नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग भएको घोषणा पश्चात ती पार्टीहरुले आ–आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गरिआएका छन् ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...