शुक्रबार, १० बैशाख, २०७८ रातीको ०९:५१ बजे,
लिम्बुवान न्युज
दमक । झापा दमक १ कि संगीता सेरेङ (इक्सा) नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दमक नगर कमिटीको अध्यक्षमा चुनिएकी छन् ।
आज माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा बालुवाटारस्थित पार्टी कार्यालयमा सम्पन्न नगर स्तरिय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
उक्त गठित कमिटीका सदस्यहरुमा तारा राई, एलिसा बर्देवा, पुष्पा लिम्बू, समिरा पोख्रेल, सुस्मा अधिकारी, शान्ति धिमाल, कल्पना तामाङ घिमिरे, हिमा श्रेष्ठ, देवी आङदेम्वे, सरस्वती नेपाल, बिष्णु धिमाल, अनिमा तामाङ, बिन्दु सिटौला लक्की, गोमा ढकाल, तारा राई, छमिला तामाङ, मिरा गौतम, ससिकला बन्जरा रहेकी छन् । त्यस्तै सानू बस्नेत, बिमला बिक, रुपमणी राई, सरु कार्की, कमला राई, बन्दना लिम्बू, लिला राय, कुमारी धिमाल, बिनिता फुयाल, सपना कालिकोटे र अनिता मल्लिक सदस्यमा चुनिएका सो पार्टीका स्थानीय नेता शंकर बस्नेतले जानकारी दिएका छन् ।
पछिल्लो समय सर्वोच्चले नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग भएको घोषणा पश्चात ती पार्टीहरुले आ–आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गरिआएका छन् ।
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...