मेची सहकारीले झापाको दमकमा एकीकृत बस्ती बसाल्दै

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ ।

मंगलबार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार दमक ४ मा एक बिगाहा १६ कट्ठा जमिनमा ५२ वटा घर निर्माणको काम सुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरूको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यसबाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यलाई २० वर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ ।

घर एकै प्रकारका बन्ने र जग्गाको प्रकृतिअनुसार जग्गा बढी भएका घरमा केही रकम घटबढ हुने भएकाले मूल्यमा एकरूपता गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी घर सदस्यहरूले इच्छाएर बुकिङ गरिसकेका छन् । डेढ तले घर बन्ने बस्तीमा ढल, खानेपानी, टेलिफोन, बाटोघाटो लगायत आवश्यक सबै पूर्वधार रहने पनि जनाइएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...