शनिबार, ११ बैशाख, २०७८ रातीको ०८:४० बजे,
लिम्बुवान न्युज
काठमाडौं। २०७२ को १२ गतेका दिन आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराका पुनर्निर्माण भएको छ । भूकम्प गएको मितिको अघिल्लो दिन पारेर आज(शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् ।
भुकम्प गएको पाँच बर्षमा पुर्ननिर्माण भएको धरहरा सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै प्रधामन्त्रीले घरघरमा साँझ दीपावली गर्न अनुरोध गरेका छन् । ‘इतिहास झल्कने गरि बनाइएको धरहरालाई आधुनिक सजिसजावटमा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो,’ उनले भनेका छन् ।
भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई यथावत राखी नयाँ बनाईएको हुँदा पुनर्निर्माण नभई धरहरा नवनिर्माण गरिएको हो । बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि तत्काललाई भने सर्वसाधारणका लागि यो बन्द रहने बताइएको छ ।
धरहराका अन्य संरचनाहरु बन्न बाँकी नै रहेको हुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हुँदा हाललाई सार्वसाधारणको लागि खुल्ला नहुने बताएको छ । अहिले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण धमाधम भइरहेको छ ।
ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...