शनिबार, ११ बैशाख, २०७८ रातीको ०८:४० बजे,
लिम्बुवान न्युज
काठमाडौं। २०७२ को १२ गतेका दिन आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराका पुनर्निर्माण भएको छ । भूकम्प गएको मितिको अघिल्लो दिन पारेर आज(शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् ।
भुकम्प गएको पाँच बर्षमा पुर्ननिर्माण भएको धरहरा सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै प्रधामन्त्रीले घरघरमा साँझ दीपावली गर्न अनुरोध गरेका छन् । ‘इतिहास झल्कने गरि बनाइएको धरहरालाई आधुनिक सजिसजावटमा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो,’ उनले भनेका छन् ।
भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई यथावत राखी नयाँ बनाईएको हुँदा पुनर्निर्माण नभई धरहरा नवनिर्माण गरिएको हो । बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि तत्काललाई भने सर्वसाधारणका लागि यो बन्द रहने बताइएको छ ।
धरहराका अन्य संरचनाहरु बन्न बाँकी नै रहेको हुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हुँदा हाललाई सार्वसाधारणको लागि खुल्ला नहुने बताएको छ । अहिले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण धमाधम भइरहेको छ ।
विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...
झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...