मुक्कुमलुङ पुर्नस्थापनाका लागि देवस्थलमा बृहत सभा

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। किरात याक्थुङहरुको धार्मिक तथा सांस्कृतिक भूमि मुक्कुमलुङको पुर्नस्थापना गर्न अभियान्तहरु त्यहाँ पुगेर बृहत सभा गरेका छन् । शनिवार किरात याक्थुङ् चुम्लुङ्का अध्यक्ष योगराज वनेम, मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिम लगायतको उपस्थितिमा देवस्थल परिसरमा मुक्कुमलुङ्को बोर्ड राखेर प्रदर्शन गरेका हुन् ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात लिम्बु समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामाङ्कन गरी धार्मिक तथा संस्कृतिक अतिक्रमण गरेको भन्दै अभियन्ताहरू यतिबेला सरकारको बिरोधमा उत्रिएका छन् । सांस्कृतिक नाम परिवर्तनको माग राखेर संघर्ष समितिले निरन्तर आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

बृहत सभामा बोल्दै मुक्कुमलुङलाई मुक्कुमलुङनै राख्नु पर्छ पाथिभरा नाम राख्नु भनेको संस्कृतिक तथा धार्मिक अतिक्रमण गरिनु हो किराचु अध्यक्ष वनेमले बताए । उनले मुक्कुमलुङ वचाउन सिंगो संस्थाले ऐक्यबद्धता जनाउँदै जस्तोसुकै घोषणा गरिएको आन्दोलनमा सरिक हुने बताए ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन, हामी विकासको विरोधी होइन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पुरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरेका छन् । उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक अतिक्रमणविरूद्ध मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिमले घोषणा पत्र वाचन गरेका थिए ।

मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्छ, केबुलकार कुनै हालतमा ल्याउनु हुदैन भन्ने कुरा कन्चनजंगा विकास समितिको अध्यक्ष खगेन्द्र फेम्बुले राखेका छन् । यस्तै गरी सरकार र केहि ठेकेदारहरुले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनाले वन विनाश मात्र होइन सिंगो प्रकृति दोहन गरी हजारौं रुखहरु काटेर त्यस क्षेत्रको प्राकृतिक पर्यावरण नै ध्वस्त पार्ने मुक्कुमलुङ वचाउ संघर्ष समितिका सल्लाहकार सरु सिङगोकले बताइन् ।

दिलेन्द्र कुरुम्बाङले याक्थुङ लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखि बसोबास रहेको मुक्कुमलुङ क्षेत्रको पहिचान र सस्कृतिक नै अर्को बनाइएको छ,’ राम मादेनले भने, ‘पाथी,पाथीभरा र हिन्दुजन्य नामहरुसंग जोडेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको कुरा डाक्टर अमर तुम्माङहाङले बताए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघका केन्द्रीय सह–कोषाध्यक्ष साङसेन पन्धाकले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको थातथलो र पहिचान नामेट पार्दै आएको बताए । उनले “मुक्कुमलुङ लिम्बुहरुको मात्र होइन सारा आदिवासीहरुको प्रकृतिक तथा सांस्कृतिक पहिचानको धरोहर हो”– भने ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघ लिम्वुवान राज्य समितिका संयोजक मधु केरुङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे । धार्मिक तथा सांस्कृतिक पहिचानमाथि राज्यले दमन गरिरहेकोमा त्यसको बिरोध शुरुभएको बताएका छन् ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार पाथीभरा केवलकारको शिल्यानास कार्यक्रम रोकिएको छ । पाथीभरा नामलाई परिवर्तन नगरेसम्म केवलकारको बिरोध गर्ने साथै सो क्षेत्रमा हुने प्रकृति दोहनबारे उचित सम्बोधन गर्न समेत माग गरिएको त्यस क्षेत्रका युवा राजनीतिज्ञ मुक्साम लाबुङ्ले बताए ।

कार्यक्रमलाइ डा. कमल तिगेला खेवाद्वारा मुन्धुम वाचन गरी साम्याङवा चुवा, युप्पावा चुवा, सिदाङगेवा चुवाले सेसेसाङसाङ गर्दै थालनी गरेका थिए । स्थानीय कलाकारहरुले केलाङ प्रस्तुत गरेका थिए । मुक्कुमलुङलाई सेक्क्रट साइटको घोषणा गर्दै लेखक तथा सास्कृतिक अभियान्ता नन्द कुन्दङवाले कार्यक्रमको समापन गरे भने उक्त कार्यक्रमको सञ्चालन सरोज कङलीबाले गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;