ताप्लेजुङ मेरिङदेनको टोलटोलमा लिम्बुवान मञ्च संगठित हुँदै

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्लाका स्थानीय तहमा संगठनको कृयाकलाप दिनानुदिन सक्रिय हुँदै गएको छ । मञ्चलाई पूर्वकै नमूना राजनीतिक दल बनाउने लक्ष्यका साथ ताप्लेजुङ् जिल्लाले संगठनलाई स्थानीय तहको टोल समितिसम्म पनि गठनलाई तिब्रता दिएको हो ।

जिल्लाको मेरिङ्देन गाउँपालिकाको वडा नं. १ थिङ्लाबुको चिच्वा, पिपु र थुङथापमा टोल कमिटी गठन गरिएको छ । मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङ क्याकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमहरुमा मञ्चका प्रान्तीय सदस्य रीता मादेन, जिल्ला उपाध्यक्षहरु प्रताङ चोङबाङ र रुपा साँवा त्यसैगरी सचिव अशोक मादेन, जिल्ला नेताहरु करण हाङगाम, पूर्णहाङ एभेङ लगायतको रहेको थियो ।

आइतबार आइतबीर एभेङको अध्यक्षतामा १७ सदस्यीय लिम्बुवान मञ्चको चिच्वा टोल समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष पूर्णबहादुर एभेङ, सचिव हरि ओख्राबु, अर्थसचिव विजय एभेङ बनेका छन् भने सदस्यहरुमा तिलकुमार ओख्राबु, चन्द्र एभेङ, रत्न थाङ्देन, आइतराज चोङबाङ, हस्ता एभेङ, सुजन एभेङ, नयन एभेङ, सीता एभेङ, रनहाङ एभेङ, सुखमाया एभेङ, विकास चोङबाङ क्याक र कमला एभेङ रहेका छन् । यसैगरी सन्तोष एभेङको संयोजकत्वमा ११ सदस्य लिम्बुवान भोलेन्टियर्स फिल्ड कमाण्ड पनि गठन गरिएको छ । सहसंयोजकमा हरि वनेम रहेका छन् ।

यसरी नै चन्द्रकुमार चोङ्वाङ क्याकको अध्यक्षतामा १५ सदस्यीय पिपुमा टोल समिति गठन भएको छ । उक्त समितिमा उपाध्यक्ष सन्तोष लिम्बु, सचिव भक्त लिम्बु, सहसचिव विष्णुकुमारी तुम्बाहाङफे, अर्थसचिव सन्तोष एभेङ छन् भने सदस्यहरुमा बिनु एभेङ, पूर्णबहादुर एभेङ, हेम बहादुर एभेङ, विज्ञान ओख्राबु, बबि ओख्राबु, मनोज ओख्राबु, सुमन ओख्राबु, कालु ओख्राबु, राज एभेङ र सम्झना केदेम रहेका छन् । साथै सोही कार्यक्रममा अमृत एभेङको संयोजकत्वमा ११ सदस्यीय लिम्बुवान भोलेन्टियर्स फिल्ड कमाण्ड गठन भएको छ । उक्त कमाण्डको सहसंयोजकमा कुलश एभेङ् रहेका छन् ।

मेरिङ्देनको थिङ्लाबु थुङथापमा लिम्बुवान मञ्चले दुई वटा टोल समिति गठन गरेको जनाएको छ । जिल्ला सचिव अशोक मादेनले दिएको जानकारी अनुसार टोल एकमा सञ्जमान चोङबाङको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष कान्छोरे चोङबाङ, सचिव दिनेश एभेङ, अर्थसचिव नन्दुहाङ ओख्राबु रहेका छन् भने सदस्यहरुमा क्रमशः मिना ओख्राबु, हेमकुमार चोङबाङ, निर्मला ओख्राबु, कुमारी चोङबाङ, कुसुम चोङबाङ, चन्द्रवीर चोङबाङ र कविता ओख्राबु रहेका छन् ।

यसरी नै थिङलाबु थुङथापको दुई नम्बर टोल समितिको अध्यक्षमा बिरेन्द्र योङहाङ चुनिएका छन् । ११ सदस्यीय टोल समितिको उपाध्यक्षमा सुयोग लिम्बु, सचिवमा भिमकुमार चोङबाङ क्याक र अर्थसचिवमा आश बहादुर योङहाङ रहेका छन् भने सदस्यहरुमा क्रमशः रुपेश योङहाङ, कर्णकुमार एभेङ, मंगलसिंह चोङबाङ्, अर्जुन चोङबाङ, आइतवीर चोङबाङ, रुपा चोङबाङ र मनिता योङहाङ रहेका छन् ।

लिम्बुवान मञ्चलाई जिल्लाकै पहिलो पार्टी बनाउन घरदैलो अभियानमा मञ्च सक्रिय रहेको जिल्ला सचिव अशोक मादेनले जनाएका छन् । “टोल टोलमा लिम्बुवान पु¥याउने लक्ष्यका साथ संगठनलाई तिब्रता दिइएको हो”– उनले भने ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;