पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न
मङ्गलबार, १४ बैशाख, २०७८ बिहानको ०७:३६ बजे,
लिम्बुवान न्युज
पाँचथर। पापोहाङ लाओती सयङको ऐतिहासिक पाँचौ महाधिवेशनको खुल्ला सत्र फिदिम ९ लुङ्फाबुङ्मा सम्पन्न भएको छ । लिम्बुवान आन्दोलनका जिवित व्यक्तित्व बयोबृद्ध बृजहाङपती जवेगुको प्रमुख आतिथ्यता रहेको उक्त महाधिवेशनले सयङ्लाई आर्थिक सहयोग गर्ने दाजुभाईहरुलाई ताम्रपत्रले सम्मान गरेका छन् ।
लुङफाबुङमा रहेको पापोहाङ लाओतीहरुको माङ्गेन्ना यकमा करिब ७ फिट अग्लो लाओती चोत्लुङ् ढुंगाको कार्यक्रमका प्रमुख अतिथि जवेगुले अनावरण गरि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बयोबृद्ध जवेगुले लाओतीहरुको वंशावली प्रकाशन ढिलै भएपनि भएकोमा बधाई दिएका छन् । साथै लाओतीहरुसँग जोडिएका सात पगरीसँगको सम्बन्धलाई ऐतिहासिकता दिन समेत अनुरोध गरेका छन् । उनले लिम्बुवान आन्दोलनको विगत र वर्तमानको समेत चर्चा गरेका छन् ।
कार्यक्रममा हरिचन्द्र लाओती, येहाङ लाओती लगायतका लाओती बुद्धिजिवीहरुले पापोहाङ् लाओती बारे आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा पापोहाङ लाओती सयङका सल्लाहकारहरु, बुद्धिजिवि लगायत सयङलाई योगदान पु¥याउनु हुने व्यक्तित्वहरुको समेत उपस्थिति रहेको छ । विविध सांस्कृतिक कार्यक्रम सहित भएको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
नौ जिल्लाका विभिन्न गाउँबाट महाधिवेशनमा प्रतिनिधिहरु सहभागी भएको कार्यक्रम संयोजक सयङका उपाध्यक्ष विजय बोध लाओती बताए । उनका अनुसार महाधिवेशनको दोस्रो दिन नयाँ कार्यसमितिको चयन हुने बताएका छन् । यसरी नै विभिन्न कार्यक्रमहरु केलाङ र यालाङ प्रतियोगिता, लिम्बु भाषा कविता गोष्ठी लगायत सांगीतिक कार्यक्रम समेत गरिने बताएका छन् । उनले अब हरेक बर्ष लुङफाबुङ् लिम्बु महोत्सव हुने समेत बताए ।
दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...
ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...
माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...
दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...