पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न
मङ्गलबार, १४ बैशाख, २०७८ बिहानको ०७:३६ बजे,
लिम्बुवान न्युज
पाँचथर। पापोहाङ लाओती सयङको ऐतिहासिक पाँचौ महाधिवेशनको खुल्ला सत्र फिदिम ९ लुङ्फाबुङ्मा सम्पन्न भएको छ । लिम्बुवान आन्दोलनका जिवित व्यक्तित्व बयोबृद्ध बृजहाङपती जवेगुको प्रमुख आतिथ्यता रहेको उक्त महाधिवेशनले सयङ्लाई आर्थिक सहयोग गर्ने दाजुभाईहरुलाई ताम्रपत्रले सम्मान गरेका छन् ।
लुङफाबुङमा रहेको पापोहाङ लाओतीहरुको माङ्गेन्ना यकमा करिब ७ फिट अग्लो लाओती चोत्लुङ् ढुंगाको कार्यक्रमका प्रमुख अतिथि जवेगुले अनावरण गरि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बयोबृद्ध जवेगुले लाओतीहरुको वंशावली प्रकाशन ढिलै भएपनि भएकोमा बधाई दिएका छन् । साथै लाओतीहरुसँग जोडिएका सात पगरीसँगको सम्बन्धलाई ऐतिहासिकता दिन समेत अनुरोध गरेका छन् । उनले लिम्बुवान आन्दोलनको विगत र वर्तमानको समेत चर्चा गरेका छन् ।
कार्यक्रममा हरिचन्द्र लाओती, येहाङ लाओती लगायतका लाओती बुद्धिजिवीहरुले पापोहाङ् लाओती बारे आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा पापोहाङ लाओती सयङका सल्लाहकारहरु, बुद्धिजिवि लगायत सयङलाई योगदान पु¥याउनु हुने व्यक्तित्वहरुको समेत उपस्थिति रहेको छ । विविध सांस्कृतिक कार्यक्रम सहित भएको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
नौ जिल्लाका विभिन्न गाउँबाट महाधिवेशनमा प्रतिनिधिहरु सहभागी भएको कार्यक्रम संयोजक सयङका उपाध्यक्ष विजय बोध लाओती बताए । उनका अनुसार महाधिवेशनको दोस्रो दिन नयाँ कार्यसमितिको चयन हुने बताएका छन् । यसरी नै विभिन्न कार्यक्रमहरु केलाङ र यालाङ प्रतियोगिता, लिम्बु भाषा कविता गोष्ठी लगायत सांगीतिक कार्यक्रम समेत गरिने बताएका छन् । उनले अब हरेक बर्ष लुङफाबुङ् लिम्बु महोत्सव हुने समेत बताए ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...