बिहिबार, १६ बैशाख, २०७८ बिहानको ०६:५८ बजे,
लिम्बुवान न्युज
पाँचथर। लाओती बन्धुहरुको संस्था पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनले जीतबहादुर लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पाँचथरको लुङफाबुङमा सम्पन्न पाँचौ महाधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
दुई दिनसम्म भएको महाधिवेशनले मंगलबार नयाँ कार्य समिति पाएको थियो । पापोहाङ लाओती सयङको नयाँ कार्यसमितिको सहअध्यक्षमा मैयाँ श्रेष्ठ (लाओती), उपाध्यक्षहरुमा दिल बहादुर लाओती, नर बहादुर लाओती र विजय बोध लाओती निर्वाचित भएका छन् । महासचिव पदमा भने पुनः दोस्रो कार्यकालको निम्ति हर्क बहादुर लाओती (कान्छा) निर्वाचित भएका छन् । यसरी नै सचिवहरुमा बालकृष्ण लाओती, शिवकला लाओती र सुरेश लाओती निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी गयेन्द्र बहादुर लाओतीले पाएका छन् ।
यस्तै नव निर्वाचित केन्द्रीय सदस्यहरुमा गम्भीर हाङ लाओती, रामबहादुर लाओती, प्रतिमा आङदेम्बे लाओती, सुरेन्द्र लाओती, वीर बहादुर लाओती, चण्डिका लाओती, गगन लाओती, कल्पना योङहाङ (लाओती), रामबहादुर लाओती, सुन्दर लाओती (काङसोरे) र प्रेम कुमार लाओती सर्वसहमतिले निर्वाचित भएका छन् ।
महाधिवेशनले संस्थालाई आर्थिक सहयोग प्रदान गर्नेहुने लाओती बन्धुहरुलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताहरु यालाङ, केलाङ र लिम्बु कविता वाचन प्रतियोगिताका साथै सांस्कृतिक महोत्वस समेत आयोजना गरेको थियो । त्यसैगरी लुङफाबुङमा लाओती बन्धुहरुले चोत्लुङ र पत्लुङ यकको पनि स्थापना गरेका छन् ।
विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...
झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...