पापोहाङ लाओती सयङ् अध्यक्षमा जीतबहादुर सर्वसम्मत

 लिम्बुवान न्युज
                       

पाँचथर। लाओती बन्धुहरुको संस्था पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनले जीतबहादुर लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पाँचथरको लुङफाबुङमा सम्पन्न पाँचौ महाधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

दुई दिनसम्म भएको महाधिवेशनले मंगलबार नयाँ कार्य समिति पाएको थियो । पापोहाङ लाओती सयङको नयाँ कार्यसमितिको सहअध्यक्षमा मैयाँ श्रेष्ठ (लाओती), उपाध्यक्षहरुमा दिल बहादुर लाओती, नर बहादुर लाओती र विजय बोध लाओती निर्वाचित भएका छन् । महासचिव पदमा भने पुनः दोस्रो कार्यकालको निम्ति हर्क बहादुर लाओती (कान्छा) निर्वाचित भएका छन् । यसरी नै सचिवहरुमा बालकृष्ण लाओती, शिवकला लाओती र सुरेश लाओती निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी गयेन्द्र बहादुर लाओतीले पाएका छन् ।

यस्तै नव निर्वाचित केन्द्रीय सदस्यहरुमा गम्भीर हाङ लाओती, रामबहादुर लाओती, प्रतिमा आङदेम्बे लाओती, सुरेन्द्र लाओती, वीर बहादुर लाओती, चण्डिका लाओती, गगन लाओती, कल्पना योङहाङ (लाओती), रामबहादुर लाओती, सुन्दर लाओती (काङसोरे) र प्रेम कुमार लाओती सर्वसहमतिले निर्वाचित भएका छन् ।

महाधिवेशनले संस्थालाई आर्थिक सहयोग प्रदान गर्नेहुने लाओती बन्धुहरुलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताहरु यालाङ, केलाङ र लिम्बु कविता वाचन प्रतियोगिताका साथै सांस्कृतिक महोत्वस समेत आयोजना गरेको थियो । त्यसैगरी लुङफाबुङमा लाओती बन्धुहरुले चोत्लुङ र पत्लुङ यकको पनि स्थापना गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;