मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो ।

याक्तेलीमा राम थाङदेनको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । समितिमा सचिव देउमान ओख्राबु, अर्थसचिव हरिराम ओख्राबु त्यसैगरी सदस्यहरुमा दल बहादुर चोङबाङ क्याक, श्याम बहादुर चोङबाङ क्याक, बुद्धिराज याक्खा, सन्तोष चोङबाङ क्याक, विजय चोङबाङ क्याक, मनुहाङ याक्खा, पूर्णसिंह चोङबाङ क्याक र राजेन्द्र ओख्राबु रहेका छन् । उपाध्यक्ष लगायतका पदाधिकारीहरु पछि थप गर्ने बताइएको छ ।

यस्तै गरी लिम्बुवान भोलेन्टियर्स याक्तेली टोल कमाण्डको संयोजकमा सुधिर ओख्राबु चुनिएका छन् भने सहसंयोजकमा विजय ओख्राबु रहेका छन् । सदस्यहरुमा मंगलसिंह थाङदेन, उजिर थाङदेन, विजय चोङबाङ, रबि थाङदेन, सोमप्रसाद चोङबाङ, राम थाङदेन, विनोद थाङदेन र सुवास थाङदेन गरी ११ सदस्यीय एलभी कमाण्ड गठन भएको छ ।

बिहीबार (आज) भएको यस कार्यक्रममा लिम्बुवान मञ्च ताप्लेजुङ् जिल्ला उपाध्यक्ष प्रताप चोङबाङ, जिल्ला सचिव अशोक मादेनको उपस्थिति रहेको थियो । जिल्ला सचिव मादेनले साविकको थिङलाबुको नौ वटै टोलमा टोल समिति गठन गरि वडा कार्य समितिको अधिवेशन गर्ने बताए ।

सम्बन्धित समाचार

आज अन्तराष्ट्रिय नर्स दिवस, राष्ट्रपतिद्वारा नर्सको प्रशंसा

काठमाडौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस विश्वभरी मनाईदैछ । यसैक्रममा नेपालमा पनि नर्स दिवस ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा...

धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको...

आज नेप्से २७ अंकले बढ्यो, कारोबार ६ अर्ब नजिक

काठमाडौं । आज (मंगलबार) अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका...

चीनले दिएको ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर,...