काठमाडाैंमा मञ्चको रक्तदान कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समिति र संघीय महिला मञ्च, नेपाल उपत्यका समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौं ३२ शम्भूमार्गस्थित कान्तिपुर हस्पिटल रक्तसंचार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

मञ्चका उपाध्यक्ष विष्णु यक्सोको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा चार दर्जन भन्दा धेरैले रक्तदान गरेका थिए । कार्यक्रममा मञ्चका संघीय सचिव चन्द्र कन्दङ्वा, शेर्पामञ्चका उपाध्यक्ष निमा शेर्पा, तामाङसालिङ महासचिव अजय तामाङ्, दलित मुक्तिमञ्चका ज्ञान बहादुर नेपाली, संघीय सदस्य डम्बर यक्सो, उपत्यका अध्यक्ष मिक्तोक लिम्बु, उपाध्यक्ष विशाल राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम महिला मञ्चकी अध्यक्ष पासाङ लामाको अध्यक्षता साथै उपत्यका समितिका मुख्य सचिव रन्धोज ताम्लिङकाे संचालनमा भएको थियो ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;