लिम्बुवान मञ्चको सुनसरी १ को (क) र (ख)मा प्रदेश समिति गठन

 लिम्बुवान न्युज
                       

धरान, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क र ख मा प्रदेश समिति गठन भएको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शुक्रबार धरानस्थित हरियाली भवनको सभाहलमा आयोजित कार्यक्रम कार्य समिति चयन भएको हो ।

प्रदेश (क) अध्यक्ष डम्बर कुमार केदेम 

डम्बर कुमार केदेमको अध्यक्षतामा प्रदेश क समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षहरुमा पदम लिम्बु र शेर बहादुर पतङ्वा निर्वाचित भएका छन् । यसरी नै सचिवमा उर्मिला पंधाक, अर्थसचिवमा सुनिता लिम्बु तेयुङ चयन भएका छन् । समितिको सदस्यहरुमा ममता बि.क., मान बहादुर लिम्बु, रेणु लिम्बु शाही, विकास राई, अर्जुन लिम्बु, महेन्द्र सम्बाहाम्फे, नरबहादुर थलङ् लिम्बु, इन्दीरा राई, भोलामान वर्देवा, रबि वि.क. र इन्द्र लिम्बु रहेका छन् ।

प्रदेश क अध्यक्ष डम्बर कुमार केदेम 

प्रदेश (ख) अध्यक्ष राजेन्द्र सुक्वाबा लिम्बु

प्रदेश ख को अध्यक्षमा राजेन्द्र सुक्वाबा लिम्बुको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा इन्द्र याक्थुङवा लिम्बु, सुवास राई छन् भने सचिवमा तेज वनेम, सहसचिवमा अमृता केदेम र अर्थसचिवमा इन्द्र बहादुर मादेन निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः सागर राजधामी, गजेन्द्र पंधाक, शर्मिला परियार, पवन राजधामी, अमृता थोप्रा लिम्बु, पदम लिम्बु, एबिका लिम्बु, सुशिल ओख्राबु, रामकुमार राई र कल्पना लिम्बु चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा शुभकामना दिर्दै प्रमुख अतिथि लिङ्देनले मञ्च आन्दोलनको जगबाट जन्मिएको पार्टी भएको हुँदा जबसम्म संघीयता र पूर्णसमानुपातिक प्रणाली कार्यान्वयन हुँदैन मञ्च निरन्तर सडक आन्दोलनमा हुने बताए । उनले भने सबै प्रकारको लोकतान्त्रिक चुनाव प्रणालीसँग संघर्ष गर्दै आन्दोलनको जगबाट मञ्चलाई लिम्बुवानदेखि खसानसम्म स्थापना गरि छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

एकात्मकवादीहरुले त्यति सजिलै पहिचानलाई स्वीकार गर्न नसक्ने तर एकदिन स्वीकार गरेरै छाड्ने लिङदेनले दावी गरेका छन् । स्थानीय तहको निर्वाचनमा मञ्च सके एक्लै लड्ने नसके आफ्नो पार्टीको अस्तित्व कायम रहने दुई वा सो भन्दा बढी दलहरु मिलेर चुनाव लढ्नेगरी लाग्न सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्षहरु चन्द्र खापुङ, एबी पंधाक, कृष्णमान थेवे, इन्दीरा मेन्याङबो, विष्णुमाया थापा भट्टराई, प्रान्तीय महासचिव दिलकुमार लावती, उपमहासचिव धनराज सुब्बा, भुपेन्द्र सुन्दर लावती, पूर्णकला तेयुङ्, संघीय सहसचिव पदम तामाङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सुनसरी निर्वाचन क्षेत्र १ (क) का संयोजक पूर्णकला तेयुङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मञ्चका नगर अध्यक्ष सञ्जुहाङ साम्बाले गरेका थिए भने कार्यक्रम संचालन सुनसरी जिल्ला सचिव निर्मल राईले गरेका थिए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;