लिम्बुवान मञ्च शिवसताक्षी नगरमा स्थानीय निर्वाचन सम्पन्न गर्न विभिन्न समिति गठन

 लिम्बुवान न्युज
                       

मेयरमा प्रकाश लिङदेनको नाम चर्चामा

शिवसताक्षी, १९ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरले स्थानीय तह चुनाव लक्षित बृहत छलफल गरेको छ । शनिबार शिवसताक्षी किरात राई साकेलाथानमा आयोजित बृहत भेलाले विभिन्न समितिहरु समेत गठन गरेको छ ।

आज आयोजित भेलाले मेयरमा संघीय नेता प्रकाश लिङ्देन र उपमेयरमा महासचिव शान्ता योङहाङको नाम सिफारिस गरिएको छ । बृहत भेलाले द्वय नेताहरुलाई सिफारिस गरेको युवा नेता प्रताप निङ्लेखुले जानकारी दिएका छन् ।

चुनावी कार्यक्रम सम्पन्न गर्न निम्न अनुसार समितिहरु गठन भएको छ ।
चुनावी गठबन्धन वार्ता समिति संयोजका राजु राई चयन भएका छन् । समितिको उपसंयोजक भिमबहादुर सुनुवार रहेका छन् भने सदस्यहरुमा प्रकाश लिङ्देन, कमल पौडेल, दिलबहादुर सेरेङ, जसबहादुर तामाङ, किरण लिङ्देन, सुमन सम्बाहाम्फे र बिचारी लावती रहेका छन् ।

त्यसैगरी निर्वाचन परिचालन समितिको संयोजकमा किरण लिङ्देनलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा राम थपलिया, जसकुमार तामाङ, दिलबहादुर सेरेङ, दलकुमार सेर्मा, बि. एम. लक्सम, भिमबहादुर सुनुवार, कमल पौडेल, बुद्धि योङ्हाङ, भिमप्रसाद सेर्मा, प्रकाश लिङ्देन र नगर समिति स्वत रहेका छन् । त्यसैगरी नगरभरिका वडा समिती सबै समेटिएका छन् ।

यसैगरी चुनाव प्रचारप्रसार समिति संयोजकमा कमल पौडेल चयन भएका छन् । उप–संयोजकमा जसकुमार तामाङ, सचिवमा किराती बिबेक सुनुवार (लिनोच) त्यसैगरी सदस्यहरुमा मनिता आङ्देम्बे, सुरज सम्बाहाम्फे, संजय सिगु, बिजय योङ्हाङ, रोहन थेगिम, शिव सेर्मा, सुबिन चेम्जोङ, जितेन यक्तेन, बालन्द राई र मनमाया नेम्वाङ चयन भएका छन् ।

यसरी नै आर्थिक व्यवस्थापन समितिमा संयोजक दुर्गाबहादुर चेम्जोङ रहेका छन् । यसैगरी भिमप्रसाद सेर्मा, अमर योङ्हाङ, हर्कबहादुर निङ्लेखु, देवीबहादुर निङ्लेखु (प्रताप), प्रकाश लिङ्देन, दल कुमार सेर्मा, बि. एम. लक्सम, भगिश्वर मेन्याङ्बो, सुमन सम्बाहाम्फे, नामसाङ सिगु, मनकुमार तुम्बापो र मानबहादुर जबेगु चयन भएका छन् ।

यसरी नै प्रवास सम्पर्क समन्वय समितिमा संयोजक ज्ञानुहाङ इम्बुङलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश लिङ्देन, दिलबहादुर सेरेङ, किरण लिङदेन, बिचारी लावती, जसकुमार तामाङ र समीर योङ्हाङ चयन भएका छन् ।

त्यसैगरी ५ नम्बर वडाको अध्यक्षमा राम कुमार लिम्बु, ६ को मनकुमार तुम्बापो, ७ को अध्यक्षमा किरण लिङदेन, ९ को अध्यक्षमा जितेन्द्र आङ्बो, १० को अध्यक्षमा सञ्जय सिगु, ११ को अध्यक्षमा बादल राईको नाम सिफारिस भएको छ भने वडा नं. १, २, ३, ४ र ८ को उम्मेद्वार मनोनन गर्न बाँकी रहेको जनाइएको छ ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...