विश्वकप २०२२ को ड्र सार्वजनिकः कुन देश कुन समूहमा

 लिम्बुवान न्युज
                       

काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । आयोजक सहित २९ देशको टुंगो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकि ३ देशको टुंगो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड रहेका छन् । यसैगरी अन्यदेशहरु घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।

त्यसैगरि उत्तर अमेरिकी क्षेत्रबाट कोष्टारिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टारिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ । यि देशहरु मध्येबाट ३ देशले विश्वकप २०२२ खेल्ने छन् ।

विश्वकपमा कुन समुहमा को को परे ?

समुह ए 

१- कतार
२- नेदरल्यान्ड्स
३- सेनेगल
४- इक्वेडर

समुह बि 

१- इङल्याण्ड
२- अमेरिका
३- इरान
४- स्कटल्याण्ड/युक्रेन/वेल्स

समुह सी 

१- अर्जेन्टिना
२- मेक्सिको
३- पोल्याण्ड
४- साउदी अरेबिया

समुह डी 

१- फ्रान्स
२- डेनमार्क
३- ट्युनिसिया
४- युएई/अस्ट्रेलिया/पेरु

समुह इ 

१- स्पेन
२- जर्मनी
३- जापान
४- कोस्टारिका/न्यूजील्याण्ड

समुह एफ

१- बेल्जियम
२- क्रोसिया
३- मोरक्को
४- क्यानाडा

समुह जी 

१- ब्राजिल
२- स्वीटजरल्याण्ड
३- सर्बिया
४- क्यामरुन

समुह एच

१- पोर्चुगल
२- उरुग्वे
३- दक्षिण कोरिया
४- घाना

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...