प्रदेश प्रमुख खापुङद्वारा चिचिरी–गेन्द्रो दिवस २०७८ को उद्घाटन

 लिम्बुवान न्युज
                       

उर्लाबारी, २० चैत । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गर्नुभएको छ । उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको प्राङ्गणमा आयोजित दिवसको शनिबार खापुङले उद्घाटन गरेका हुन् ।

चिचिरी–गेन्द्रोमा धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जानकारी दिएका छन् ।

धिमाल जातिले चामलबाट पकाएर बनाइने खानालाई चिचिरी र चामलको पिठोबाट बनाइने गेन्द्रो भनिन्छ । अन्यभन्दा विशेष भएकोले धिमाल जातिले फुड फेस्टिभलको नाम नै चिचिरी–गेन्द्रो राखेको हो ।

चिचिरी–गेन्द्रोको उद्घाटन गर्दै प्रदेश माननीय परशुराम खापुङले यस्ता फेस्टिभलले नेपालभित्रको नेपाली मौलिकतालाई विश्वभर पु¥याउन सकिने बताउनुभयो । “चिचिरी–गेन्द्रो दिवसको उद्घाटनमात्र होइन, अहिलेसम्म स्वाद लिन नपाइएको खानाहरु चाख्न पाइएको छ, धिमाल जातिले स्वास्थ्यवद्र्धक, पौष्टिक खाना धेरै

अगाडिदेखि सचेतता अपनाएको रहेछ भन्ने प्रष्टिएको छ ।” माननीय प्रदेश प्रमुखको थप भनाई थियो । एक दिवसीय धिमाल फुड फेस्टिभल धिमाल जातिका २० प्रकारका खाना स्टल राखिएका थिए । त्यसैगरी धिमाल कलाकारहरूद्वारा विभिन्न प्रस्तुति पनि दिएका छन् ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;