सागर केरूङकाे निर्दशनमा बने भिडियाे ‘नुरिकाङ वयेा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २० चैत । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को भिडियो बिहिवार ओपेरा इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हारुलुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा।लि।को निर्माण रहेको भिडियोमा सञ्जय आचार्यको छायाँकन, फुङ्सो जबेगुको ड्रोन र अमृता जबेगुको मेकअप रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...