इवाहाङ वंशको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा के.बी. इवाहाङ्

 लिम्बुवान न्युज
                       

धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा अत्यन्तै सफल पुर्वक सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटा जिल्ला भित्रका जातीय संघ संस्थाका प्रमुखहरुको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा लिम्बूजन्य थरगत÷थुमगत प्रतिनिधित्व गराई र सा.गा.पा.का प्रत्येक वडाध्यक्षहरु समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा विभिन्न व्याक्तित्वहरुलाई सम्मान ज्येष्ठ नागरिक, सरकारी अहोदामा ख्याति प्राप्त ४० जना व्याक्तित्वहरुलाई समेत सम्मान गरि खुल्ला सत्र कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमले बन्दसत्रबाट के.बी. इवाहाङ्को अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम कुमार इवाहाङ, उपाध्यक्षहरुमा निर्मला खवाहाङ र विष्णु इवाहाङ् त्यसैगरी महासचिवमा रमेश इवाहाङ, सचिवमा मणि प्रसाद इवाहाङ र कोषाध्यक्षमा गीता चेम्जोङ् चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजेश इवाहाङ, क्षितिज इवाहाङ, नरेन्द्र इवाहाङ, मान प्र.इवाहाङ, छत्र इवाहाङ, कुमारी इवाहाङ, रमा इवाहाङ, सन्त इवाहाङ, मार्कुश इवाहाङ, शुरत इवाहाङ, धन ब.इवाहाङ, शुरेन्द्र इवाहाङ(धरान), शान्ति इवाहाङ, पुर्ण ब.इवाहाङ, शुरेन्द्र इवाहाङ(पंचायन), डि.वी इवाहाङ, लोक बहादुर इवाहाङ, पम्फादेवी नेम्वाङ्, हस्त बहादुर इवाहाङ, लक्ष्मी इवाहाङ, फिपराज इवाहाङ, किताबसिं इवाहाङ, गंगाध्वज इवाहाङ र उषा चेम्जोङ रहेका छन् ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;