सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो।

समितिका सदस्यहरू कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा) बाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरी छन्।

तालमेलको मोडालिटी तयार पार्न बुधबार समितिको बैठक बस्ने भएको छ। बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

यसरी नै १ नं. प्रदेश सरकारमा रहेकाे गठबन्धनमा पनि चुनावी तालमेल हुने बताइएकाे छ । प्रदेश १ सरकारमा कांग्रेस, माअाेवादी, नेकपा एस, जसपा सँगै संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च पनि सरकारमा रहेकाे छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...