सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक २४ चैत / किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण तथा किरात युमा माङहिम उद्घाटन समारोहमा हिजो सम्पन्न भएको छ ।
बुधबार पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको ऐतिहासिक चौथौ केन्द्रीय महाधिवेशन,दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको अवसरमा सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण गर्नु हुँदै आशिर्वचन कार्यक्रममा संसारको जुनसुकै ठाउँमा छरिएर बसेको भएपनि एकता हुनुपर्ने, सत्तमार्गमा लागेर थिबोङहाङ याक्थुङहाङसाहरु एकता हुनुपर्ने समय आएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । वहाँले भन्नु भयो, एकता हुन नसक्दा हाम्रो सबै पहिचान गुमाएका छौं ।’


अङसीमाङले माङप्रति विश्वास गरेर सेवाभक्ति गर्न सबैलाई आग्रह गर्नुहुँदै वहाँले भन्नु भयो, हाम्रो पाप कर्महरु भएपनि माङले माफ दिओस् ।’ अङसीमाङले थप्नु भयो, धर्म र राजनीति कर्ममा चो?लुङमा पुग्ने माङवा हाङवा प्राप्त होस् ।’
पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दले स्थापना गरिदिनु भएको किरात माङहिममा समेत मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देनहरुले दर्शन र अवलोकन गर्नु भएको थियो ।
हवाई मार्गबाट भएको सवारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन, गुरु कान्छा सुपुत्र नाम्बिनहाङ लिङदेन रहनु भएको थियो भने सो माङसवार टोलीमा कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी सचिव टंक लिङदेन, पूर्व गुरु निजी सचिव तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष नबिन लिङ्देन माङमिङसोहाङ, किरात धर्मको मिडिया किरात इङ्सेका सम्पादक ज्ञानु केदेम लगायत रहनु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम, विशेष अतिथिहरु पूर्व मन्त्री माननीय नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ, नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङदेम्बे, नेकपा माओवादीका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता सगुनसुन्दर लाओती, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माक्खिम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च केन्द्रीय अध्यक्ष कुमार लिङदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको ऐतिहासिक चौंथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको अवसरमा सेर्मा वंशावली विमोचनसँगै विभिन्न धार्मिक, शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा योगदान दिने सेर्मा दाजुभाईहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजक समितिका महासचिव लछामी सेर्मा पापोले बताए ।
बुधबार सम्पन्न किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा किरात माङहिम उद्घाटन कार्यक्रम सङजुम्भो केन्द्रीय अध्यक्ष जिबी याक्थुङबा सेर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चालन सेर्मा साम्जिरी सेमी ( दिलवीर)ले गरेका थिए ।
पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशनको बन्द सत्र चैत २४ र २५ गतेसम्म हुने पनि आयोजकले वताउनु भएको छ ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;