लिम्बुवान नभए बिद्राेह गर्ने – कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       

पान्थर, २४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान राष्ट्रिय मंच नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले १ नम्बर प्रदेशको नामाकरण गरिदा लिम्बुवान लाई छुटाए बिद्रोह हुने बताएका छन् ।

पान्थरको कुम्मायक गाउपालिका २ माङजाबुङको लामाटारमा सम्पन्न किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन समारोह कार्यक्रम मा मन्तव्य दिने क्रममा सो कुरा बताएका हुन । आगामी दिनमा १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान छुटे राम्रो नहुने बताएका थिए । प्रदेश १ को नाममा यो ऐतिहासिक भुमिमा हिजो काङसोरे, फाल्गुनन्द, इमासिं चेम्जोङ, सिरिजङगाहरुले थालेको अभियान प्रदेशको नामकरण गर्दा लिम्बुवान नाम छुटे यो देशमा नौ रेक्टर स्केलको भुकम्प आउछ भनेर बारम्बार भन्दै आईरहेको बताए ।

कार्यक्रममा लिङ्देनले भने हामी प्रदेश नामकरण लागि लडिरहेको छौ । यहाँ ७ नम्बर प्रदेशको नाम सुदुरपश्चिम ६ नम्बर को कर्णाली ५ नम्बरको को लुम्बिनी ४ नम्बरको गण्डकी ३ को बागमती र प्रदेश नम्बर २ को मधेस भएको बताउदै उनले भने मधेस प्रदेशको लागि कांग्रेस ,एमाले,माओवादीका संसदहरु पार्टी भन्दा माथी उठेर भोट दिए त्यहा कसैले कार्वाही गर्न नसकेको बताए । कुमार लिङ्देनले १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान नामकरण गर्नको लागि एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजबादी, जनमुक्ति समाजबादी, मंगोल लगायत सबै राजनीतिक पार्टीलाई बिराटनगरको संसद भवनमा लिम्बुवान हुनुपर्छ भनेर एकहुन आह्वान तथा अनुरोध समेत गरे ।

यसैगरी लिङ्देनले भने सेर्माहरुले किरात धर्म, किरात याक्थुङ चुम्लुङ र राजनीतिक क्षेत्रमा धेरै योगदान पुर्याएको भन्दै यो महाधिवेशनले यो लिम्बुवान भुमी, लिम्बू समुदाय र सेर्मा बंशहरुको लागि नया नया योजनाहरु ल्याउन सकोस भन्दै शुभकामना समेत दिएका थिए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;