मञ्चद्वारा चैत्र २९ सम्ममा स्थानीय तह उम्मेद्वार चयन गर्न पालिकाहरुलाई निर्देशन

 लिम्बुवान न्युज
                       

दमक, २५ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिकाहरुलाई यहि चैत्र २९ गतेसम्ममा प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएको छ ।

मञ्चको प्रान्तीय कार्यालय दमकमा बसको पदाधिकारी बैठकले उम्मेद्वारहरुको नाम सिफारिस गर्न जिल्ला मार्फत सबै पालिकाहरुलाई निर्देशन दिएको हो ।

मञ्च प्रदेश नं. १ मा प्रदेशमा थ्रेसहोल्ड कटाई प्रदेश सदस्य समेत रहेको दल हो । पहिचान सहितको १०+१ प्रान्त कायम गर्न आन्दोलनरत दल यतिबेला चुनावी मैदानमा उत्रिएको महासचिव अशोक चेम्जोङले बताएका छन् । प्रदेश नं. १ मा सत्ता गठबन्धनमा रहेको मञ्च चुनावी गठबन्धनको लागि सबै दलहरुसँग छलफल वार्ता गर्न स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनले वेवास्थ्ता गरे प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुसँग समेत मोर्चा गर्न नभए सबै स्थानीय तहहरुमा एक्लै चुनाव लढ्ने तयारी गरिरहेको जनाइएको छ ।

मञ्चले लिम्बुवान प्रान्त अन्तर्गत तेह्रथुममा सत्ता पक्षसँग वार्ता गरिरहेको छ भने धनकुटाको चौविसे गाउँपालिकामा एक्लै उम्मेद्वारी दिने तयारी गरिरहेको छ । त्यसैगरी इलामको चुलाचुली, झापाको मेचीनगर, बुद्धशान्ती, शिवसताक्षी, कमल, दमक त्यसैगरी मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे, केराबारी, बेलाबारी, यसरी नै सुनसरीको धरानका केही वडाहरु, इटहरीका केही वडाहरुमा एक्लै चुनावी मैदानमा लड्ने तयारी गरिरहेको निर्वाचन परिचालन समिति संयोजक ज्ञान बहादुर गुरुङले लिम्बुवान खबरलाई जनाएका छन् ।

यसैक्रममा ताप्लेजुङको सबै पालिकाहरु, पान्थरको सबै पालिकाहरु पनि चुनावी मोर्चा वा एक्लै मैदानमा उत्रने विषयमा तयारी भईरहेको जिल्ला नेतृत्वहरुबाट जानकारी प्राप्त भएको छ ।

यसरी नै मञ्चले ६० भन्दा बढी जिल्लाहरुमा चुनाव लड्ने तयारी गरिहेको समेत महासचिव चेम्जोङले बताए । लिम्बुवानको सबै जिल्लाहरुमा, त्यसैगरी मधेश, खसान, नेवाः, तामाङसालिङ, तमुवान र गैरभौगोलिक दलित मञ्चको विशेष पहलमा केही पकड क्षेत्रमा दलित उम्मेद्वारहरुलाई समेटेर मञ्चले उम्मेद्वारी दिने तयारी थालेको जनाइएको छ ।

बढी आन्दोलनमा केन्द्रित संघीय मञ्च पछिल्लो समयमा चुनावी माहोलमा केन्द्रित भएको छ । संगठन विस्तारलाई बढी जोड दिर्दै लिम्बुवान देखि खसानसम्म दौडिरहेको मञ्च यतिवेला चुनाव केन्द्रित कार्यक्रममा सक्रिय भएको पार्टी स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;