पत्रकार महासंघ झापाको भित्तेपात्रो सार्वजनिक

 लिम्बुवान न्युज
                       

विराटनगर । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो सार्वजनिक भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र महासंघ प्रदेश १ का अध्यक्ष लीला बल्लव घिमिरेले संयुक्तरुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

बिहीबार विराटनगरमा भएको पत्रकार महासंघ प्रदेश १ को प्रदेश सम्मेलन उद्घाटन समारोहमा पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

पत्रकार महासंघ झापा शाखाले विभिन्न महत्वपूर्ण विवरण संलग्न गरी छ पृष्ठको वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । महासंघले वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरु, झापाबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य र प्रदेश १ मा झापाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण संलग्न गरिएको छ ।

त्यस्तै महासंघ झापा शाखाका दुई सय ६० जना सदस्यको विस्तृत विवरण, पत्रकार आचारसंहिता अन्तर्गत पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको विवरण भित्तेपात्रोमा समावेश गरिएको महासंघ कार्यसमिति सदस्य सन्तोष शर्माले जानकारी दिए ।

महासंघ झापा शाखाले पत्रकार आचारसंहिता जागरण अभियान अन्तर्गत भित्तेपात्रोमै आचारसंहिताको महत्वपूर्ण अंश समावेश गरिएको छ । भित्तेपात्रो सबै सदस्य र सञ्चारमाध्यममा उपलब्ध गराइने कार्यालय सचिव अनुषा चुडालले बताइन् ।

विभिन्न ११ बुँदे घोषणा जारी गर्दै सम्पन्न महासंघको प्रदेश सम्मेलनमा झापा शाखाबाट अध्यक्ष एकराज गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र सुशिला संग्रौला, सचिव डिकेश लामा, कार्यसमिति सदस्य विनोद पाण्डेको सहभािगता रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;