संघीय मञ्चको ३ नं. प्रदेश समन्वय समितिको संयोजकमा अविनाश गोले निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, २६ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ३ मा प्रादेशिक भेला गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा काठमाडौं सुकेधारास्थित एशियन पार्टी प्यालेसमा शनिबार कार्यक्रम आयोजना गरेको हो ।

शनिबार आयोजित कार्यक्रमले अविनाश गोलेको संयोजकत्वमा ५१ सदस्यीय समन्वय समिति गठन गरेको हो । समितिको उपसंयोजकहरुमा टिकामाया सेन्दाङ (निसा), दावा शेर्पा, ज्ञानबहादुर नेपाली त्यसैगरी सचिवहरुमा राशेक तामाङ, सुमन तामाङ्, विशाल राई र वीर बहादुर तामाङ् रहेका छन् । यसरी अर्थसचिवमा नरमाया शेर्पा गुरुङ र सरस्वता लिङदेन शेर्पा रहेका छन् ।

यसरी नै सदस्यहरुमा छिरिङ्ग शेर्पा, काले शेर्पा, पासाङ गर्जा शेर्पा, मोतिमाया शेर्पा, शुकराम तामाङ, रेखा सुनुवार, निमा ग्याल्जेन शेर्पा, फन्जो शेर्पा, निमी शेर्पा, लह्मु शेर्पा, टाँसी शेर्पा, गंगा लिवाङ मादेन, मिलनकुमारी लिम्बु आङबुहाङ, रमेश लक्सम, असिम नेम्बाङ, चित्र सिगु, कृष्ण लामा, मिङमा लिम्बु, फुर्वा दोर्जे लामा, रन्धोज ताम्लीङ, पासाङ लामा, गीता परियार, शुरेश तामाङ, निम्लहमु शेर्पा, पासाङ द्रोण सम्बाहाम्फे, खगेन नेयोङहाङ, बसन्ता बि.क., निमा शेर्पा, शुसन ताम्लीङ, मिक्तोक इवाहाङ, पवित्रा पोमू, कविता थलङ, इक्सा लोवा, जुनु लावती, विना श्रेष्ठ, याङको शेर्मा र याङ्मु शेर्पा रहेका छन् ।

कार्यक्रममा संघीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ, विष्णु यक्सो, उपाध्यक्ष तथा शेर्पा प्रान्तीय मञ्चका अध्यक्ष तेम्डी शेर्पा, तामाङसालिङ मञ्चका अध्यक्ष मिङ्मार लामा लगायत नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;