कमलमा लिम्बुवान भोलेन्टियर्स प्राईमरी र सेल कमाण्डर नियुक्त

 लिम्बुवान न्युज
                       

दमक, २७ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर र सेल कमाण्ड नियुक्त गरिएको छ । उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा शनिबार केर्खामा आयोजित कार्यक्रमले १२ जनालाई कमाण्डरको जिम्मेवारी दिइएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय सचिवालय सदस्य बल नाथ नाल्बो, सूर्य प्रसाद याक्पादेन लगायत नेताहरुको उपस्थितिबाट ४ जनालाई प्राईमेरी कमाण्डर र ८ जनालाई सेल कमाण्डर नियुक्ती गर्दै पत्र–प्रदान साहित सम्मान गरिएको छ ।

प्राईमेरी कमाण्डरहरुमा जीत बहादुर चेम्जोङ, मनी कुमार चेम्जोङ, मोहन चन्द्र कार्की र विक्रम सेर्मा लिम्बु चयन भएका छन् । यसैगरी सेल कमाण्डरहरुमा पंच राम मांझी, शुकु बहादुर सेर्मा, इप्सन पाण्डे, जगत धिमाल, पूर्ण लिम्बु, रोजीना सुनाम, डम्बरु प्रसाद पौडेल र महेन्द नाल्बो नियुक्ति भएको प्रान्तीय सदस्य तथा एलभी सिनियर कमाण्डर बसन्तराज सुब्बाले जानकारी दिएका छन् ।

त्यस्तैगरी सोही कार्यक्रमले कमल वार्ड नं. २ कमिटीमा वरिष्ठ उपाध्यक्ष खड़क बहादुर लिम्बु र सदस्यमा विनु चेम्जोङ, दिल कुमारी लिम्बुलाई मनिोनित गरिएको छ ।
उक्त कार्यक्रममा अतिथि संघीय खसान मञ्चका उपाध्यक्ष भीम कार्की, एल. भि केंद्रीय उपकमाण्डर मंडेम लिम्बु, क्षेत्रीय उपाध्यक्ष इन्द्र सोदेम्बा , क्षेत्रीय सचिब तीर्थ पोमु लिम्बु, क्षेत्रीय सदस्य अशोक राई, कमल सचिब विजेंद्र मेन्याङबो लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सिनियर फिल्ड कमाण्डर देवेन्द्र लिम्बुको सभापतित्व, कमल अध्यक्ष मावोहाङ अमर लिम्बुको स्वागत मन्तव्य र सचिब नर बहादुर केरुङको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रमको विशेष सहजिकरन केंद्रीय सीनियर उपकमाण्डर तथा क्षेत्र ५ इंचार्ज बसन्त राज योङहाङले गरेका थिए ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;