विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

 लिम्बुवान न्युज
                       

झापा / झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने भएको छ ।

वैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्ने विषयमा बैठकमा घनिभूत र महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, जनता माजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, संघीय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाका नगेन्द्र राई लगायत नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...