विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

 लिम्बुवान न्युज
                       

झापा / झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने भएको छ ।

वैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्ने विषयमा बैठकमा घनिभूत र महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, जनता माजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, संघीय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाका नगेन्द्र राई लगायत नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;