ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, ३० चैत । ताप्लेजुङको सिदिङबा–५, लिम्बुदेनका विभिन्न पार्टीहरु परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा गरेका छन् । मंगलबार लिम्बुदेनमा आयोजित वडा गठन कार्यक्रमबाट ४६ जनाले विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका हुन् ।

मञ्चका प्रान्तीय उपाध्यक्ष डिबी खुदाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई खादा ओडाई मञ्चमा प्रवेश गराईएको जिल्ला सचिव अशोक मादेनले जनाएका छन् ।

यसैगरी सो वडा गठन कार्यक्रमबाट प्रकाश लिङदेनको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण इधिङ्गो, सचिवमा सीता इधिङ्गो, सहसचिवमा सुदिप इधिङ्गो र अर्थसचिवमा सञ्चराज लिङदेन रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा राजन इधिङ्गो, जितेन इधिङ्गो, दोशन इधिङ्गो, भीम लिङ्देन, मनिता इधिङ्गो, चन्द्र इधिङ्गो, ज्ञानेन्द्र इधिङ्गो, नरबहादुर लिङ्देन, जीवनकुमार इधिङ्गो, मन्जिता इधिङ्गो, सानकुमार इधिङ्गो, शुकबहादुर लिम्बु, मनकुमार श्रेष्ठ, सञ्जय लिङ्देन, सविना लिम्बू, सोना इधिङ्गो, अमृता लिम्बू, कल्पना इधिङ्गो, राजकुमार इधिङ्गो र मनकुमार थुङ्गीम रहेका छन् । यसैगरी उक्त कार्यक्रमले चार सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिमा योगेश इभिङ्गो, पदम इधिङ्गो, गुरुप्रसाद इधिङ्गो र हेमाराज इधिङ्गो रहेका छन् ।

कार्यक्रममा प्रान्तीय मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...